Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र रुम्दाली, उपाध्यक्षमा मुना राई

  •   ४ वर्ष अघि | ३ जेष्ठ २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका जितेन्द्र रुम्दाली राई विजयी भएका छन् । पाँच हजार ३९९ मत ल्याई राई अध्यक्षमा निर्वाचित भएका हुन् । 

राईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजंग याखालाई ५७१ मतान्तरले पराजित गरेका हुन् । याखाले ४ हजार ८२८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी मुना राईले ४ हजार ६५० मत पाएकी छिन । उनले गठबन्धनका जनता समाजवादीका लिलाराज लावतीलाई १४ मतले पराजित गरेकी हुन् । लावतीले ४ हजार १३६ मत पाएका छन् ।  

गाउँपालिकाका १० वटै वडाको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडा नं. २, ३, ५ र ७ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  वडा नं. १, ४, ६, ८, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

  • Dhankutapress

थप