धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिको वडा नं. १० पात्लेमा नेपाली कांग्रेसको घर घर जाऔ, नेपाली कांग्रेसलाई जिताऔ अभियान सम्पन्न भएको छ ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १ सय २४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेसीहरुलाई धनकुटा नगरपालिकाको वडा नं. १० को पात्ले चौधरी टोलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री सुनिल वहादुर थापा, जिल्ला सभापती दिनेश राई, आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ ,जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, जिल्ला सल्लाकार समितिका सदस्य दिनेश अमात्य, नगर सभापती नरेश श्रेष्ठ, वडा सभापती विक्रम भट्टराई, जिल्ला सदस्य नगेन्द्र पाण्डे, मिन वहादुर कार्की,वडा सचिव सुरेश श्रेष्ठले खादा माला टिका लगाई दिई कांग्रेसमा स्वागत गर्दै कांग्रेसलाई जिताउन घर घर जान आग्रह गरेका थिए।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं.१० का सभापती विक्रम भट्टराईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य चौधरी टोल समितिका सभापती विन्दु कार्की र समाजसेवी अमरराज खनालले राखेका थिए। कार्यक्रमको संचालन वडा सचिव सुरेश श्रेष्ठले गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व महासमिति सदस्य अजित नारायण थापा, नेपाली कांग्रेसका वडा नं. १० का नेताहरु यज्ञ दाहाल, भूपलाल तामांग,महेन्द्र तामाग,गणेश कार्की,यज्ञ कार्की,डम्वर कार्की,चक्र कार्की,सूर्य राई,देवेन्द्र राई,देवेन्द्र चाम्लिङ्ग,विष्णु तामांग लगायतका नेताहरुले समेत कांग्रेसलाई जिताउन सक्रिय हुने वताएका थिए ।
धनकुटा नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेस पार्टीमा प्रवेशको लहरसंगै टोल स्तरसम्म संगठन निर्माण भई परिचालित भएकाले कांग्रेस अहिले वडा नं.१०मा बलियो भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ।
- dhankutapress