Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपालमा पहिचानको आन्दोलन पछि नहट्ने दावी–प्रोफेसर डा.लावती

‘सात प्रदेशको संघीयताले नेपाली जनताको संमृद्धि असम्भव’

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/वेस्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा. महेन्द्र लावतीले नेपालमा पहिचानको आन्दोलन दिन प्रतिदिन बढ्दै गएको दावी गरेका छन् । 

जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति धनकुटाले सोमवार धनकुटामा आयोजना गरेको ‘संघीयता, पहिचान र समृद्धि’ विषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रोफेसर डा. लावतीले यस्तो वताएका हुन् । उनले पछिल्लो समयमा नेपालको हरेक निर्वाचनमा पहिचानवादी पार्टीहरुले आफ्नो मत सुरक्षित गर्दै अघि वढीरहेका दावी गरे । लावतीले भने–‘जस्को गतिलो उदाहरणको रुपमा जसपा,नागरिक उन्मिुक्ति पार्टी र लोसपाको मत परिणामलाई हेरे पुग्छ ।’ 

‘जतिवेला मधेस आन्दोलन भयो, त्यो वेला १ नम्वर प्रदेशको तयारी पुगेको थिएन, अहिले १ नम्वर प्रदेशमा पहिचानको आन्दोलन चर्किएको छ, ३ नं. प्रदेशमा तयारी पुगेको छैन । तर, तयारी भैरहेको छ’–यो पहिचानको आन्दोलनको लागि सकरात्मक शंदेश हो डा.लावतीले भने । यस अघिका आन्दोलनहरुमा वर्षायाममा प्रायःगरेर आन्दोलन हुदैन थियो भन्दै लावतले भने– ‘अहिले निरन्तर ४÷५ महिना देखि पहिचानको आन्दोलन १ नम्वर प्रदेशमा भईरहेको छ ।’ 

एउटा जात विशेषको मात्र विकास गरेर देशको समृद्धि नहुने दावी गर्दै डा. लावतीले भने–‘नेपालमा हाल स्थापित भएको सात प्रदेशको संघीयताले नेपाली जनताको समृद्धि सम्भव छैन ।’ उनले भने–‘कम्तिमा नेपालमा १० प्रदेश भन्दा वढी प्रदेशहरु हुनु पर्छ, तव मात्र नेपाली जनताको समृद्धि र विकास सम्भव छ ।’ उनले ९० लाख जनसंख्या रहेको स्वीजरलेण्डमा २६ वटा प्रान्तले जसरी विकास ग¥यो, त्यसरी नै नेपालमा पनि साना÷साना प्रान्त वनाइयो भने मात्र विकास सम्भव हुने वताए । 

‘संघीयताको मर्म भनेको एउटा जात विशेषको लागि हैन । यो देशमा वसेको विभिन्न जातजातिको लागि हो । समान रुपले मिलेर वसौं । लोकतन्त्रमा एउटा जात ठूलो, एउटा जात सानो भनेर वस्ने हो भने कोही पनि मान्दैन । एक अर्कालाई सम्मान गरेर वसौ । सिल्पी र गरिवलाई छुवाछुत नगरौं । उस्को पनि हक अधिकार छ । उनीहरुको मागलाई सम्वोधन गरौं ।’ त्यहि हो संघीयता भन्दै जसपाका केन्द्रिय सल्लाहकार समेत रहेका डा. लावतीले प्रष्ट पारे ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष  पार्वती राईको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया जसपाका केन्द्रिय सल्लाहकार एवं पूर्व सेनानी असिम पालुङ्गवा, केन्द्रिय सदस्य जेण्टल लावती, सरकुमारी आठपहरिया, मनकला लङ्गवा लगायतले अन्तरक्रिया कार्यक्रममा डा.लावतीसंग जिज्ञासा राखेका थिए । त्यसैगरी प्रदेश सदस्य चन्द्र मादेन, बल वहादुर राई, नेकपा एस तेह्रथुमका अध्यक्ष कृष्ण चोङवाङ, प्रदेश नं.१ पुनःनामंकन संघर्ष समिति धनकुटाका संयोजक संजय सन्तोषी राई, किराँत राई यायोखा धनकुटाका अध्यक्ष उद्धवमणी राई लगायत विभिन्न सामाजिक संघ, संस्थाका प्रमुख एवं प्रतिनिधि, शिक्षक वुद्धिजिवीहरुले पनि कार्यक्रममा जिज्ञासा राखेका थिए ।  

  • Dhankutapress

थप