Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

एमालेको झुलाघाट–च्याङ्गथापु अभियानलाई जसरी भए पनि विफल वनाउने पहिचानवादीहरुको चेतावनी

मंसिर–२७ देखि पौष–१ गतेसम्म प्रदेश नम्वर १ पहिचानवादीले बन्द गर्ने

  •   ५ महिना अघि | २१ मंसिर २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/नेकपा एमालेको गएको मंसिर १४ गते देखि शुरु भएको झुलाघाट च्याङ्गथापु मध्य पहाडी लोकमार्ग अन्तर्गतको सांगठानिक अभियानलाई कुनै पनि हालतमा अरुण नदी तर्न नदिने लिम्वुवानको पहिचानवादीहरुले चेतावनी दिएका छन् । 

प्रदेशको नाम ‘कोशी’ खारेज गर्न धनकुटामा गठित संघर्ष समितिको आयोजनामा धनकुटामा वुधवार सम्पन्न जिल्लामा सहभागी पहिचानवादी अभियान्ताहरुले संयुक्त रुपमा यस्तो चेतवानी दिएका हुन् । सो अवसरमा आयोजित जिल्ला भेलालाई सम्वोधन गर्दै पहिचानको लागि यूवा (लाजेहाङ्ग फोर्स) का केन्द्रिय सह–संयोजक विराज आङ्गदेम्बे लिम्वुले एमालेको झुलालघाट च्याङ्गथापुसम्मको अभियानलाई कुनै पनि हालतमा १ नम्वर प्रदेश टेक्न नदिने चेतवानी दिएका छन् । आङ्गदेम्वेले भने–‘एमालेको अभियानलाई मंसिर २७ गते खोटाङको दिक्तेलमा आयोजना हुने कार्यक्रमलाई कुनै पनि हालत आयोजना गर्न नदिनको लागि प्रदेशका १ का पहिचानवादी जनतालाई एक भएर प्रतिकार गर्न आव्हान गर्दछु ।’ 

आङ्गदेम्वेले भने–‘एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई विफल वनाउनको लागि प्रदेशको नाम ‘कोशी’ खारेज गर्न गठित केन्द्रिय, प्रदेश र १४ वटै जिल्लामा गठितसंघर्ष समिति परिचालन गरिएको छ ।’ उनले भरिसके प्रदेश नं.१ भित्र नै कुनै पनि हालतमा छिर्न नदिने भनेर उदयपुरको घुर्मीमा पहिचानवादीहरुले चेतवानी सभा यस अघि नै गरि सकेको वताउँदै आङ्गदेम्वेले थपे–‘हामी सोलुखम्वु देखि नै एमालेको मध्य पहाडी यात्रा विफल पार्न प्रतिकारको लागि संगठित भएका छौं ।’ उनले थपे–‘कुनै कारण वा अवस्थामा स्थानिय प्रशासनको तैनाथीमा अघि वढे भने पनि हामी कुनै पनि हालतमा पहिचानवादीहरु मंसिर–२७ गते देखि पौष १ गतेसम्म शक्ति केन्द्रित गरेर १ नम्वर प्रदेशभरी यातयात बन्द आव्हान गर्छौ ।’

जवर्जतस्ती अघि वढे कुनै पनि हालतमा लिम्वुवान छिर्न नदिने  :

जिल्ला भेलालाई सम्वोधन गर्दै पहिचानको लागि यूवा (लाजेहाङ्ग फोर्स) तेह्रथुम लिम्वुवानका जिल्ला संयोजक धनेन्द्र लिम्वुले नेकपा एमालेको मध्य पहाडी यात्रा अरुण नदीबाट कुने पनि हालतमा तर्न नदिने वताए । लिम्वुले भने–‘हामी मंसिर २७ गते देखि नै अरुणपूर्व लिम्वुवानको ९ जिल्लाबाट भेला भएर अरुण नदिमा केन्द्रित हुनेछौं ।’ उनले थपे–‘धनकुटा र भोजपुरको सिमना अरुण नदीको तिरमा रहेको लेगुवाघाटमा हामी पहिचानवादीहरु हजारौंको संख्यामा केन्द्रित हुने छौं ।’ त्यसैको लागि हामी अहिले लिम्वुवानको ९ वटै जिल्लामा जिल्ला भेला गरेर सम्पुर्ण पहिचानवादी प्रदेश १ का जनतालाई संगठित हुन आव्हान गरिरएको लिम्वुले स्पष्ट पारे । 

तेह्रथुम जिल्ला भेला सकेर धनकुटा आईपुगेका लिम्वुले भने–‘प्रशासनको बलले अरुण तरेर काँही कथङ्गकाल अघि वढेछ भने पनि एमालेलाई हामी तेह्रथुममा लिम्वुवानी पहिचानी नेता लाजेहाङ्ग (पदम लिम्वु) को नाममा गठित लाजेहाङ्ग फोर्सले शक्ति देखाएरै छाड्छौं ।’ जिल्ला भेलामा ‘कोशी’ नाम खारेज धनकुटा जिल्ला संघर्ष समितिका संयोजक संजय सन्तोषी राई, समाजवादी मोर्चा धनकुटाका संयोजक एवं जसपाका जिल्ला अध्यक्ष पार्वती राई, किराँत याक्थुङ चुम्लुङका जिल्ला सचिव हेमु चोङ्गवाङ्ग, नगर सचिव डम्वर खवाहाङ, जिल्ला कार्यकारी सदस्य शिव तिगेला लिम्वू, यायोखा जिल्ला अध्यक्ष एवं संघर्ष समितिका सदस्य उद्धवमणी राई, नेपाल तामाङ घेदुङका पूर्व धनकुटा जिल्ला पुर्व सचिव एवं फोनिज १ नम्वर प्रदेशका अध्यक्ष सन्तवीर लामा (सबिला मोक्तान) लगायतको उपस्थिति रहेको थियो । 

लोकतन्त्रमा विरोघ गर्न पाईन्छ, विरोध शान्तिपूर्ण हुनु पर्छ–एमाले प्रदेश उपाध्यक्ष चेम्जोङ

नेकपा एमालेको आगामी मंसिर २८ गते तेह्रथुमको वसन्तपुरमा जनसभा गर्दैछ । पौष १ गते पाँस्थरको च्याङ्गथापुमा सभा रहेको छ । एमालेले पनि मध्य पहाडी लोकमार्ग केन्द्रित जनसभालाई सम्पन्न गर्नको लागि प्रदेश १ भरी कार्यक्रमको व्यवस्थापन गरिरहेको प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले बताएका छन् । 

चेम्जोङले भने–‘म अहिले तेह्रथुमको वसन्तपुरमा छु, यहाँ मंसिर–२८ गते आयोजना  हुने जनसभाको तयारी गरिरहेको छु ।’ ’कार्यक्रम नजिकिदै गएकाले धनकुाटको लेगुवा हुँदै चैनपुर नभै पाख्रीवास, हिले हुँदै यात्रामा निस्किएका पार्टी नेताहरु वसन्तपुर आउनेछन्, त्यसका लागि हामी तयारीमा जुटेका छौं–एमाले प्रदेश उपाध्यक्ष चेम्जोङले भने ।

पहिचानवादीहरुले अरुण तर्न एमालेलाई नदिने भन्दै छन्नी भन्ने धनकुटा प्रेसको प्रश्नमा चेम्जोङ्गले भने–‘लोकतन्त्रमा विरोध गर्न, माग राख्न सवैले पाउँछन, तर आन्दोलन भनेको शान्तिपूर्ण हुनु पर्छ ।’ उनले वसन्तपुर पछि म्याङ्गलुङ्ग, फेदापको औसी डाँडामा पार्टी नेता कार्यकर्ता भेटघाट र आठराईमा सभा हुने वताए । त्यस पछि पाँस्थरको कार्यक्रम अघि वढ्छ–चेम्जोङले भने ।

  • Dhankutapress

थप