Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

लाजेहाङको हत्याको जिम्मा ८२ जना सांसदहरु, मुख्यमन्त्री, प्रधानमन्त्री एवम् प्रहरीले लिनु पर्दछ

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/जनप्रदर्शनको क्रममा घाइते भइ निधन भएका लाजेहाङ सुक्वाबाको जिम्मा ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनुपर्ने बताइएको छ । आज बिहान् बिज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश नम्बर १ पुनःनामांकन संयुक्त संघर्ष समितिले सो माग गरेको हो । ञमुक्ति योद्धा लाजेहाङ लिम्बुको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ / बिज्ञप्तिमा भनिएको छ ।

समितिले ‘कोशी’ नाम खारेजीको लागि गत चैत्र ५ गते बिराटनगरमा आयोजना गरेको बिशाल बिरोध जनप्रदर्शनको क्रममा नेपाल प्रहरीको आक्रमणमा लाजेहाङ्ग घाइते भएका थिए । ‘प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सचिवालय सदस्य एवम् यस मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) का केन्द्रीय सह–कमान्डर लाजेहाङ लिम्बु (पदम लिम्बु) लाई हेलिकप्टर चार्टर गरी मेडिसिटी हस्पिटल काठमाडौँमा थप उचारका लागि लैजान तयारी गरिरहेको अवस्थामा शुक्रबार राति २ः३० बजे धरान स्थिति बि.पि. कोइसाला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा निधन भएको थियो । ‘लिम्बुवान–किरात–शेर्पालुङ’ एवम् आदिवासी पहिचान आन्दोलनको सहिद भएको जनाउँदै समितिले मुक्ति योद्धा लाजेहाङ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गरेको छ ।

बुबा छत्र बहादुर लिम्बु र आमा धनमाया लिम्बुको कोखबाट वि.स. २०३७ साल कात्तिक १७ गते तेह्रथुम जिल्लाको साब्लामा जन्म भई मोरङ जिल्लाको बेलबारी लालभित्तिमा हुर्किबढी हाल धरानमा बसोबास गर्दै आएका लाजेहाङ लिम्बु २०६२ देखि नै अति सक्रियताका साथ लिम्बुवान आन्दोलनमा होमिएका थिए ।




  • Dhnakutapress

थप