Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ

  •   २ महिना अघि | २४ असोज २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा पुर्व शान्ति मन्त्री रकम चेम्जोङले लोकतन्त्र, गणतन्त्र, धर्मनिरेपक्षता, संघीयता र समावेशिताको रक्षाको लागि समाजवादी मोर्चा गठन गर्नु बताएका छन् । 

समाजवदाी मोर्चा नेपाल, जिल्ला स्तरिय शन्देश तथा घोषणासभालाई वुधवार धनकुटामा सम्वोधन गर्दै नेता चेम्जोङले यस्तो वताएका हुन् । उनले मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलनबाट प्राप्त जुन उपलब्धी अहिलेको संविधानमा छ, त्यसको संरक्षण र सम्वद्र्धन गर्दै अझ समृद्ध ढंगले मुलुकलाई अघि बढाउन समाजवादी मोर्चाको गठन गर्नु परेको स्पष्ट पारे ।

घोषणा सभाका प्रमुख अतिथि समेत रहेका चेम्जोङले भने–‘चार दलको सहमतीमा समाजवदी मोर्चा गठन गरिएको छ, यस्को भावनालाई अंगिकार गरेर प्रदेश, जिल्ला र पालिका तहसम्म गठन गरेर अघि वढ्नु पर्छ ।’ उनले संघीयताको गलत व्याख्या गरेर लोकतन्त्र, गणतन्त्र सिध्याउन खोज्नेहरुलाई चुनौती दिनको लागि पनि समाजवदी मोर्चा तयार हुनु पर्ने भन्दै सहभागी सवैलाई सचेत गराए । 

त्यसैगरी घोषणा सभालाई सम्वोधन गर्दै नेकपा माओवादीकी नेतृ धर्मशिला चापागाँईले आम जनतामा साझा धारणा बनाएर जान सकिएन भने समाजवादी मोर्चा गठनको औचित्य नहुने वताईन । उनले ०७२ सालमा जारी भएको नेपालको संविधान अधुरो अपुरो रहेको वताईन । नेपाल कम्यूनिष्ट पार्टीका दिपेश सिले समाजवाद भनेको श्रमिकहरुको राज्यसत्ता भएको वताए । उनले भने–’राष्ट्रिय स्वाधिनतालाई केन्द्र विन्दुमा राखेर देश र जनताको हितमा काम गर्नको लागि समाजवादी मोर्चा गठन गर्नु परेको हो ।’ 

त्यसैगरी नेकपा समाजवादीकी केन्द्रिय सदस्य सिरता थापा खड्काले समाजवादको कार्य दिशा मिल्ने राजनीतिक शक्तिहरु विच एकता गरेर समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पारिन । उनले स्वतन्त्रधारी नामले राजनीति गर्न खोज्नेहरुले गर्दा संघीयता, गणतन्त्र धरापमा पार्न खोजिएकालोर्फ समाजवादी मोर्चा मार्फत मेची–महाकाली अभियान संचालन भैरहेको वताईन । 

समाजवादी मोर्चा धनकुटाको अध्यक्षमा पार्वती राई 

 धनकुटा जिल्ला स्तरीय सन्देश तथा घोषणा सभाले समाजबादी मोर्चा धनकुटाको संयोजकमा जसपाकी कार्यवाहक अध्यक्ष पार्वती राईलाई चयन गरिएको छ ।  मोर्चाको नेतृत्वमा ४ दलको २ र २ जना गरि जम्मा ८ सदस्यीय समिति गठन गरिएको छ । 

मोर्चाको सदस्यहरुमा अर्जुन राई (नेकपा एस), कुसुम कुमारी श्रेष्ठ ’जुली‘ (माओवादी केन्द्र), बिष्णु माया  कन्द्ङवा ’कविता‘ (माओवादी केन्द्र), जीवन राई (नेकपा एस), सरोज आठपरिया (जसपा), नवीन सि (नेपाल कम्युनिस्ट पार्टी र धुर्ब सि (नेपाल कम्युनिस्ट पार्टी) रहेका छन् । मोर्चामा आवद्ध संयोजक एवं सदस्यहरुको नामवली नेकपा एसकी नेतृ सरिता थापा खड्काले घोषणा गरेकी थिईन । 

  • Dhankutapress

थप