Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रदेश नं.१ नाम पुनः नामांकन संघर्ष समितिद्धारा विभिन्न जिल्लामा मसाल जुलुस, मुख्यमन्त्रीको पुतला दहन

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/प्रदेश १ को पुनः नामांकन गर्न माग गर्नेक्रममा प्रहरी धरपकडबाट नेता पदम लिम्बू  (लाजेहाङ) को निधन भएपछि पहिचान पक्षधरहरु थप आक्रोशित भएका छन् ।

यसबीच, पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेसँगै शुक्रबार साँझ काठमाडौंसहित प्रदेशका जिल्ला विरोधसभा गरेको छ ।


उनीहरुले ठाउँ–ठाउँमा मसाल जुलुस र कोशी नाममा समर्थन गर्ने सांसदहरुको पुत्ला दहन समेत गरेको छ । संयुक्त संघर्ष समिति इलामले प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशसभा सदस्य राम रानाको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान राखेका छन् ।

लाजेहाङको उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको थियो । त्यससँगै शुक्रबार संयुक्त संघर्ष समितिको बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

काठमाडौंस्थित माईतीघरको विरोध सभालाई सम्बोधन गर्दै पहिचानवादी नेताहरुले लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्कीले लिनुपर्ने बताएका छन् । भने वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले समेत लिनुपर्ने उनीहरुको भनाई छ ।

लाजेहाङको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न उनीहरुले जोडदार माग गरेका छन् ।

यस्तै, मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट शुक्रबार बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने संघर्ष समितिले जनाएको छ ।

समितिले संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने भएको छ । लाजेहाङको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने पनि निर्णय गरेको छ । यस्तै, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने घोषणा गरेको छ ।

यसैविच विभिन्न जिल्लामा गठित संघर्ष समितिहरु, राजनितिक दलहरुले विज्ञप्ती जारी गर्नुको साथै घट्नाको निन्दा गर्दे विरोध कार्यक्रम गरेका छन् । यसै विच राष्ट्रिय जनमुक्ति पार्टी संघिय समितिले एक विज्ञप्ती जारी गरेर घट्नाको निन्दा एवंम भत्र्सना गरेको छ । पार्टीका महासचिव टोप अस्लामीद्धारा हस्ताक्षरित विज्ञप्तीमा लोकतन्त्रमा कुनै पनि विषयमा वहस पैरवी हुनुलाई अनौठो मान्न नहुने भन्दै वार्ता र सम्वादको माध्यामबाट समश्याको समाधान निकाल्नु पर्नेमा जोड दिइएको छ ।  

  • Dhnakutapress

थप