Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

‘इतिहाँस, सभ्यता, संस्कृति र भूगोलको रक्षार्थ ‘कोशी प्रदेश’ खारेजीमा जोड

‘अहिले हामी राज्यसत्ता विरुद्धको सत्ता निर्माण गर्ने आन्दोलनमा छौं, यस्तो बेलामा आन्दोलनमा लागेका हामी कसैले हरेश खानु हुँदैन ।’

  •   ३ वर्ष अघि | ४ जेष्ठ २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/एक नम्वर प्रदेशवासीको मुख्य योजना भनेको जसरी भए पनि ‘कोशी प्रदेश’ खारेज गर्नु रहेको वुधवार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् । 

पहिचानको आन्दोलन सम्वन्धी कोशी नाम खारेजी र प्रदेश नं.१ पुनः नामंकन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो जोड दिएका हुन् । ‘इतिहाँस, सभ्यता, संस्कृति र भूगोलको रक्षार्थ हाम्रो, कोशी प्रदेश खारेजी गर्न जनजागरण अभियान’ भन्ने मूल नाराको साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले राज्य सत्तालाई जित्नको लागि राज्यसत्ता नै निर्माण गरेर मात्र सम्भव हुने ठोकुवा गरेका छन् । 

उनीहरुले कोशी नाम किन ल्याइयो, कोशी शब्दको अन्तरवस्तु राम्रोसंग सहभागीहरु माझ केलाएका छन् । राज्य सत्तालाई जित्नको लागि, राज्य सत्ताको हरेक संयन्त्रहरुलाई जित्न सक्नु पर्नेमा उनीहरुको जोड रहेको थियो । उनिहरुले भने–‘अहिले हामी राज्यसत्ता विरुद्धको सत्ता निर्माण गर्ने आन्दोलनमा छौं, यस्तो बेलामा आन्दोलनमा लागेका हामी कसैले हरेश खानु हुँदैन ।’

अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै किराँत याक्थुङ चुम्लुङका संस्थापक केन्द्रिय अध्यक्ष एवं पहिचानवादी अभियान्ता  नन्द कन्दङ्गवाले भने–‘राज्यसत्ता भनेको राज्यसत्ता नै हो ।’ उसंग, सेना, प्रहरी हुन्छ, राज्य संचालन गर्ने संयन्त्र हुन्छ । ‘यसरी राज्य संयन्त्र विरुद्ध आन्दोलन गर्दा शासकहरुले विभिन्न खाल्को षडयन्त्रहरु गर्छन, यि स्वभाविक प्रक्रिया हुन्’–कन्दङ्गवाले थपे । उनले भने–‘अहिले हामी १ नम्वर प्रदेशमा जे गरिरहेका छौं, यस्लाई दवाउन यहाँको राज्य संयन्त्रले खोज्नु स्वभाविक प्रक्रिया हो ।’ तर, ‘हामी राज्य सत्ता विरुद्ध राज्य सत्ताको प्रक्रिया निर्माण गर्ने अभियानबाट किन्चित पछि हट्न हुँदैन’–कन्दङ्गवा भन्छन् । 

अहिले एक नम्वर प्रदेश भित्र भईरहेको आन्दोलन सुरक्षा घेरा भित्र भैररहेको बताउँदै कन्दङ्गवाले भने–‘किन भने यहाँ संविधान छ, कानून् छ र विधि र विधानलाई टेकेर काम गर्ने आधारहरु छन् ।’ तर, उनले भने–‘अहिले १ नम्बर प्रदेशमा भईरहेको हरेक दिनको आन्दोलनहरु शासकहरुको घेरा भन्दा धेरै वाहिरबाट भैरहेको छ, यो प्रदेश सरकारले बेलै देखि हेक्का राखोस ।’ उनले यहाँ प्रदेश सरकारले निर्धारण गरेको सुरक्षा घेरा भन्दा धेरै किलो मिटर वारिहबाट आन्दोलन भईरहेको सहभागी माँझ स्पष्ट पारे ।

त्यसैगरी किराँत याक्थुङ्ग चुम्लुङका केन्द्रिय उपाध्यक्ष डा.कमल तिगेला लिम्वुले १ नम्वर प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनलाई कम्जोर बनाउन सिङ्गो किराँत सभ्यता र लिम्वुवानको भूगोललाई जाति हुन् भनेर यहाँको पहिचान विरोधी दलहरुले साँगुरो घेराबाट गलत व्याख्या गरिरहेको बताएका छन् । उनले लिम्वुवान÷किराँत कुनै जात नभएको र सिङ्गो सभ्यता भएको बताउँदै उपाध्यक्ष तिगेलाले भने–‘लिम्वुवान कुनै जात होईन, यहाँ हामीले राई प्रदेश, लिम्वु प्रदेश वनाउन खोजिरहेका छैनौं ।’ 

डा.तिगेलाले १ नम्वर प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनलाई कम्जोर बनाउन विभिन्न भाश्य प्रयोग गरिरहेका छन्–यस्लाई पहिचानवादीहरुले चिर्न सक्नु पर्दछ, किन भने यो भूगोलको नाम भएको दावी गरे । छैटौं सताब्दी देखि लिएर पृथ्वीनारयण शाहाको पालासम्म पनि अरुणपूर्वको ९ जिल्लाको भूगालको लागि पनि लालमोहरमा लिम्वु्वान नै भन्दै आएको दावी उनको छ । जस्तो उदाहरणको लागि वल्लो किराँत, माँझकिरात र पल्लो किराँत भनेर उबेला नै सम्वोधन भई सकेको तर्क डा.लिम्वुको छ । 

प्रदेश नं.१ पुनः नामंकन संयुक्त संघर्ष समिति धनकुटाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा किराँत राई यायोखा केन्द्रिय समितिका सचिव नगेशचन्द्र राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, कोशी प्रदेश नामंकन विरुद्ध धनकुटामा गठित संघर्ष समितिका संयोजक सञ्जय सन्तोषी राई, संघर्ष समितिका सचिव डम्वर खवाहाङ, किराँत आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सरकुमारी आठपहरिया, किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष कमलसिंह लिम्वु, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

अन्तरक्रिया कार्यक्रम किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष एवं कोशी नामंकन विरुद्ध गठित संघर्ष समितिका सदस्य उद्धवमणी राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन किराँत याक्थुङ चुम्लुङ धनकुटाका सचिव हेमु स्मृति चोङवाङले गरेकी थिईन । कार्यक्रममा जिल्लाको सहिदभूमि गाउँपालिका, पाख्रीवास नगरपालिका, छथरजोरपाटी गाउँपालिका, धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकाका पहिचान पक्षधरहरुको उपस्थिति रहेको थियो ।  

  • Dhankutapreess

थप