Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल

मधेश प्रदेशमा १६/१६ सिट लिने सहमति

  •   ४ वर्ष अघि | २८ भदौ २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

काठमाडौं/आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिशमा दलहरु व्यस्त छन् । सत्ता गठबन्धनमा पनि सिट बाँडफाँटको अन्तिम गृहकार्य भैरहेको छ । तर, गठबन्धनको मुख्य घटक जनता समाजवादी पार्टी, नेपाल भने गठबन्धन छोड्ने अन्तिम तयारीमा जुटेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई सम्मानजनक व्यवहार नभए गठबन्धनबाट बाहिरिने चेतावनी दिईसकेका छन् ।

पछिल्लो समय उनले गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न खोजेका छन् । त्यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्क बढाएको स्रोतको दाबी छ । यादवले गठबन्धनको बैठक चलिरहेको अवस्थामै हालसालै एमाले अध्यक्ष ओलीसँग भेटेर चुनावी सहकार्यबारे छलफल गरेको बुझिएको छ । उक्त छलफलमा मधेश प्रदेशमा ३२ सिटमा एमाले–जसपाले १६/१६ सिट लिएर जानेबारे सहमति गरेको बुझिएको छ ।

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । यादवले ३२ मा १६ सिट प्रतिनिधिसभातर्फ लिने र प्रदेशसभातर्फ पनि ५०/५० प्रतिशत सिट लिएर जान सकिने प्रस्ताव राखेका थिए । यादवको प्रस्ताव ओली सकारात्मक देखिएका छन् ।

केहि दिन भित्रै दुई नेताबीच अन्तिम छलफल हुने र निश्कर्षमा पुगिने दुवै पार्टीका दोस्रो तहका नेताहरुको दाबी छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेश प्रदेशको ३२ सिटमा एक्लै १६ सिटमा दाबी गरेपछि यादव बिच्किएका छन् । उनले सत्ता गठबन्धन कुनैपनि बेला छोड्न सकिने र एक्लै चुनाव लड्नुपर्ने परिस्थिति आउने भन्दै तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई आग्रह गरिसकेका छन् । श्रोत : रिपोटर्स नेपाल 

  • Dhankutapress

थप