धनकुटा प्रेस सम्वाददाता
धनकुटा/प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपुर्ति केन्द्र प्रदेश नं.१ विराटनगरले दुर्गम चार पहाडी जिल्ला अस्पतालहरुलाई स्वास्थ्य निर्देशनालय धनकुटाबाट वुधवार एम्वुलेन्स हस्तान्तरण गरिएको छ ।
प्रदेश नं.१ मुख्य मन्त्री राजेन्द्र कुमार राई र स्वास्थ्य मन्त्री जयराम यादवले संयुक्त रुपमा सम्वन्धित जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिहरुलाई एक समारोहको विच एम्वुलेन्सको चाँवी सहित हस्तान्तरण गरेका छन् । ख वर्गको मेडिकल टिम सहितको सुविधा सम्पन्न एम्वुलेन्स ओखलढुङ्गा, सोलुखम्वु, भोजपुर र पाँस्थर जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।
एम्वुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै १ नम्वर प्रदेशका मुख्य मन्त्री राजेन्द्र कुमार राईले अहिलेको सरकारले सवै भन्दा वढी प्रदेश सरकारको कुल वजेटको ६.५ प्रतिसत वजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बताएका छन् । मुख्य मन्त्री राईले प्रदेश सरकारको वजेटको आकार अत्यान्त्यै सानो रहेको वताउँदै ५ वर्षमा १४ जिल्लामा एउटा एउटा वाटो वनाउँछु भन्दा पनि नपुग्ने रहेको वताए । उनले स्वास्थ्य क्षेत्रलाई राम्रो वनाउनको लागि दुर्गम पहाडी जिल्लामा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सकहरुको लागि तलबमान वृद्धि गरेर मुख्य एमडीजिपिको लागि दुर्गममा काम गर्दा १ लाख, ५० हजारसम्म पुयाएको बताए ।
मुख्य मन्त्री राईले धनकुटामा रहेको मुख्य मन्त्री सम्पर्क कार्यालय कर्मचारी अभावको कारण संचालनमा ल्याउन नसकिएको जिकिर गरेका छन् । उनले संघिय सरकारले निजामति ऐन संशोधन गरेर कर्मचारी समायोजन नगरेको कारण प्रदेशमा कर्मचारी व्यवस्थापनमा समश्या उत्पन्न भएको वताए । कर्मचारीहरुको वृद्धि विकासमा भोली गएर अफ्ठ्यारो नपर्ने गरि निजामति ऐनको प्रदेश सरकारले ड्राफ्ट तयार गरिसकेको वताउँदै मुख्य मन्त्री राईले भने–‘कर्मचारी पुर्णरुपमा व्यवस्थापन गरेर मुख्य मन्त्री प्रदेश सम्पर्क कार्यालय धनकुटा संचालनमा ल्याउँछु ।’
त्यसैगरी प्रदेश नं.१ का स्वास्थ्य मन्त्री जयराम यादवले अघिल्लो सरकारले प्रदेश नं.१ मा स्वास्थ्य मन्त्रालय गठन नगरेर यहाँको जनताको स्वास्थ्य माथि खेलवाड गरेको आरोप लगाए । उनले अहिलेको सरकारले संघियता कार्यान्वयनको सवालमा प्रदेश नं.१ मा १४ वटा मन्त्रालय गठन गरिएको वताए । यादवले भने– ‘स्वास्थ्य मन्त्रालय पनि गठन गरेर हरेक जिल्लाको अस्पताललाई सवल वनाउनुको साथै अन्य धेरै योजनाको लागि वजेट विनियोजन गरेको छु ।’ उनले मानव जातिको जीवन रक्षक सुविधा सम्पन्न एम्वुलेन्स आवश्याक्ता हेरी क्रमशः पहाडी दुर्गम जिल्लाहरुलाई आगामी दिनमा वितरण गर्दै जाने वताए । यसैक्रममा यो भन्दा पहिले झापा, मोरङ, सुनसरी र उदयपुरमा प्रदान गरि सकिएको छ भने यस पटक पहाडका ४ जिल्लालाई प्रदान गरिएको हो ।
स्वास्थ्य मन्त्री यादवको अध्यक्षतमा सम्पन्न एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तामाङ, प्रदेश एम्वुलेन्स व्यवस्थापन समितिका अध्यक्ष जयवेन्द्र यादव, प्रदेश स्वास्थ्य आपुर्ति मन्त्रालयका निर्देशक शम्भु शाहा लगायतले वोलेका थिए । सो अवससमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख एवं धनकुटा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निरेन तामाङले धनकुटा अस्पताललाई १ सय वेडको योजना कार्यान्वयन र अन्य थप सेवा सुविधाको लागि सहयोग गर्न विभिन्न माग सहित ज्ञापन पत्र वुझाएका छन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामनारयण श्रेष्ठ, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका स्वास्थ्य निर्देशक ज्ञानवहादुर वस्नेतले संचालन गरेका थिए ।
- Dhankutapress