Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कांग्रेसका नगर सभापति श्रेष्ठ धरौटीमा रिहा

  •   ४ वर्ष अघि | २२ मंसिर २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नेपाली कांग्रेस धनकुटा नगर समिति सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाह पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा हाजिर गराइएका श्रेष्ठ र शाह वुधवार जनही ४० हजार रुपैया“ धरौटीमा छुटेका छन् । उनीहरुको मुद्धा अदालतमा जारी रहेको छ ।  

धनकुटा नगरपालिका ६ पाङसिङका राजन कार्की माथि गत मंसिर ८ गते आक्रमण भएको र कुटपिटबाट घाइते कार्कीले ज्यान मार्ने उद्योगमा नगर सभापति श्रेष्ठ र सदस्य शिव पुजन शाह विरुद्ध किटानी उजुरी गरेका थिए । कुटपिटबाट गम्भीर घाइते कार्की एमाले कार्यकर्ता हुन् । निर्वाचनमा भोट नदिएको प्रतिशोधमा आफु माथि श्रेष्ठ र साहले कुटपिट गरेको कार्कीले बताउदै आएका छन् । 

दुवै विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरिएकोले पक्राउ गरि अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले बताए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेले जितेपछि धनकुटा बजारमा आयोजित विजय र्यालीबाट फर्कनेक्रममा कार्की माथि धनकुटा ६ सल्लेरीस्थित आ“खा अस्पताल नजिक कुटपिट गरिएको जनाईएको छ । पक्राउ गर्न दवाव दिंदै एमाले निकट युवा संघ र झुटो आरोप लगाइएको भन्दै कांग्रेस निकट तरुण दलले केहि दिन पहिले प्रदर्शन समेत गरेका थिए । 

  • Dhankutapress

थप