Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

फोनिजको संघिय अध्यक्षमा गजुरधन

  •   ५ वर्ष अघि | ९ चैत्र २०७८, बुधबार

धनकुटा प्रेस सम्वाददाता

चितवन/फोनिजको अभियान, सञ्चारमा पहिचान” भन्ने नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनमा चितवनको सौराहामा मंगलवार सम्पन्न भएको छ। 

महाधिवेशनको वन्द सत्रले आदिवासी जनजाति पत्रकारहरूको छाता सङ्गठन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सातौँ सङ्घीय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन् ।

चितवनको सौराहामा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, उपाध्यक्ष (खुला) मा अमरध्वज लामा, उपाध्यक्ष  (संस्थागत) मा जगत दोङ, उपाध्यक्ष (महिला) मा सरु राना र उपाध्यक्ष (अल्पसङ्ख्यक) मा कमन देवान निर्वाचित भएका छन् ।

यसै गरी महासचिवमा मिलन लिम्बू, सचिव (खुला) मा बुद्धवीर बाहिङ राई‚ सचिव (खुला)मा समीर बलामी‚ सचिव (खुला) मा विश्वराज तामाङ‚ सचिव (महिला) मा अञ्जना शिल्पकार‚ सचिव ९संस्थागत० मा छेटु शेर्पा र सचिव (अल्पसङ्ख्यक) यमन दनुवार निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा चित्रबहादुर गुरुङ (लाला) र सह कोषाध्यक्ष सञ्चु ब्लोन तामाङ निर्वाचित भएका छन् । संस्थागत सदस्यहरूमा लिम्बुबाट देवेन्द्र खापुङ, शेर्पाबाट निम्लेकी शेर्पा, नेवाःदबुबाट सुनिल महर्जन, थारुबाट सन्तकुमार चौधरी, गुरुङबाट चित्रबहादुर गुरुङ, तामाङबाट नेत्र तामाङ र राईबाट प्रकाश राई निर्वाचित भएका छन् ।

यसै गरी केन्द्रीय सदस्यतर्फ प्रदेश १ इन्चार्जमा भक्तशेर लिम्बू, मधेस प्रदेश इन्चार्जमा नीरज पिठाकोटे, बागमती प्रदेश इन्चार्जमा पेमा लामा, लुम्बिनी प्रदेश इन्चार्जमा यमबहादुर गाहा, कर्णाली प्रदेश इन्चार्जमा बुद्धिमान पुन मगर, सुदूर पश्चिम इन्चार्जमा भीमबहादुर चौधरी निर्वाचित भएका छन् । 

खुला सदस्यहरूमा बुद्ध योन्जन, हर्कबहादुर घर्ती, लोकेश लिबाङ, गजेन्द्र राई, कमलसिं थारु मतदानबाट निर्वाचित भएका छन् । महिलामा सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता लिम्बू, मञ्जु श्रेष्ठ, बिना राई, रोषणी कुँवर सर्वसम्मत चयन भएका छन् ।

अल्पसंख्याक केन्द्रीय सदस्यमा विदुर खवास र उद्धव चेपाङ चयन भएका छन् । लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बू प्रयास, र सदस्यहरूमा उर्मिला गम्बा थारु र भकेन्द्र लावती विजयी भएका छन् ।

  • dhankutapress

थप