Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

एमालेको चुनाव चिन्ह सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको छ–कमल थापा

  •   ४ वर्ष अघि | २४ असोज २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता

मकवानपुर/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताएका छन् ।

मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेपछि थापाले भने, ‘नेकपा एमालेको लोकप्रिय चिन्ह ‘सूर्य’बाट चुनाव लडन पाउँदा खुसी लागेको छ ।’

आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका थापालाई नेकपा एमालेको साथ रहेको छ । ‘देश र जनताको हितमा इमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धताका साथ नेकपा एमालेको सहयोगमा मकवानपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छु,’ मनोनयनपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैको सद्भाव र सहयोगको निम्ति अपिल गर्दछु ।’

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए । उनलाई उक्त चुनावमा लोकतान्त्रिक गठबन्धनको साथ थियो ।

एमालेले थापालाई समर्थन गरेसँग एमाले मकवानपुरका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

  • dhankutapress

थप