धनकुटा प्रेस सम्वाददाता
धनकुटा / धनकुटाको तिन स्थानीय तहमा तीन जनप्रतिनिधि निबिरोध निर्बाचित भएका छन् ।
जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाख्रीबास नगरपालिका वडा नं.९, चौबिसे गाउ“पालिका वडा नं. ८ र सा“गुरीगढी गाउ“पालिका वडा नं. ७ मा एक–एक दलित महिला सदश्य निर्विरोध निर्बाचित भएका हुन् ।
प्रत्येक वडामा एक एक जना मात्र दलित महिला वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । पाख्रीबास नगरपालिकाको वडा नं. ९ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला वडा सदस्यको रुपमा डम्बरकुमारी दर्जीको मात्र उम्मेद्वारी दर्ता भएको छ ।

यस्तै गरी चौबिसे गाउ“पालिका वडा नं.८ मा पनि नेकपा एमालेबाट मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको छ । त्यहा“ ताराकुमारी विश्वकर्माको मात्र उमेद्वारी दर्ता भएको हो । उता जिल्लाको सा“गुरीगढी गाउ“पालिका वडा नं.९ मा कांग्रेसबाट कुमारी विश्वकर्माको मात्र एकल उम्मेद्वारी परेको छ ।
अन्य दलबाट मनोनयन दर्ता नभएको उनिहरु माथि दाबि बिरोध पनि कोही कसैबाट नपरेको तथा उनीहरुले उम्मेद्वारी समेत फिर्ता नलिएपछि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचत अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताएका छन् । तर उनिहरुलाइ प्रमाणपत्र भने निर्बाचन सम्पन्न भए पछि मात्र बितरण गरिने जनाइएको छ ।
- dhankutapress