धनकुटा प्रेस सम्वाददाता
धनकुटा/शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा धनकुटामा औषत ६८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तहमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी दिएको हो ।
कुल मतदाता संख्या मध्ये ८० प्रतिशत मतदातामा परिचय पत्र वितरण भएको थियो । जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार धनकुटामा १ लाख, १५ हजार, ९ सय, ६४ मतदाता रहेको थियो । जस मध्ये ७८ हजार, ४ सय, १७ मत खसेको छ ।
.jpg)
कार्यालयले दिएको जानकारी अनुसार धनकुटा नगरपालिकमा २२ हजार, ९ सय ७१ मध्ये १६ हजार, ४ सय १९ मत खसेको छ । त्यसैगरी पाख्रीवास नगरपालिकमा १७ हजार, ८७ मत मध्ये ११ हजार, २ सय, ९४, साँगुरीगढीमा १६ हजार, २ सय, ४१ मध्ये ११ हजार, ५ सय ५२, सहिदभूमीमा १३ हजार, ५ सय ३६ मध्ये ७ हजार, ६ सय, २९, चौविसे गाउँपालिकामा १४ हजार, १ सय २७ मध्ये ९ हजार, ९ सय ८७, छथरजोरपाटीमा १३ हजार, ५ सय ४२ मध्ये ९ हजार, २ सय ५ मत र महालक्ष्मी नगरपालिकामा १८ हजार, ४ सय, ६० मध्ये १२ हजार, ३ सय, ३१ मत खसेको छ । सहिदभूमी गाउँपालिकमा भने वडा नं.६ मा भने ३ वटा वुथमा मतदान स्थगित भएको छ ।
धनकुटाका सात स्थानीय तहमा निर्वाचनका लागि जिल्लाका १ सय १८ मतदान स्थलको १ सय ५९ मतदान केन्द्रमा ७ सय ७७ जना कर्मचारी खटिएका थिए । जिल्लामा १ लाख १५ हजार ९ सय ६४ मतदाता छन् । निर्वाचनको सुरक्षा मजबुद र प्रभावकारी बनाउन ८ सय ५७ म्यादी प्रहरी, ४ सय ८९ जना नेपाल प्रहरी, २ सय ८ जना सशस्त्र प्रहरी र ४ सय ८६ जना नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिएका छन् । जिल्लाको सहिदभूमीको वडा नं.६ वाहेक अन्य स्थानमा शान्तिपुर्ण ढंगले स्थानिय तहको निर्वाचन धनकुटामा सम्पन्न भएको प्रजिअ कट्टेलले बताए ।
- Dhankutapress