Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाका सातै स्थानिय तहका नव–निर्वाचित प्रमुख एवं अध्यक्षहरुले लिए शफत ग्रहण

  •   ४ वर्ष अघि | ६ जेष्ठ २०७९, शुक्रबार

धनकुटा सम्वाददाता

धनकुटा/वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लाको सातै तहमा निर्वाचित प्रमुख तथा अध्यक्षहरुले शुक्रवार शपथग्रहण लिएका छन् । 

धनकुटाको सातै स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ विशेष समारोहको विच शफत ग्रहण लिएका हुन् ।

     जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित विशेष कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फडिन्द्र प्रसाद पराजुलीले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । 


सो अवसरमा धनकुटा नगरपालिका प्रमुख चिन्तन थिङ तामाङ्घ, पाख्रिवास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङ र महालक्ष्मी नगरपालिका प्रमुख धु्रवराज रायमाझीले शपथग्रहण लिएका हुन् । त्यस्तै गरी छथरजोरपाटी गाँउपालिका अध्यक्ष छत्र सुब्बा, साँगुरीगढी गाँउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, सहिदभुमी गाँउपालिका अध्यक्ष मनोज राई र चौविसे गाँउपालिका अध्यक्ष राजकुमार चेम्जोङ्घले पनि शपथ ग्रहण लिएका हुन  ।



स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबार देखि नै आ–आफ्नो पालिकाहरुमा पदभार ग्रहण गरेका छन । पदभार गरे लगत्तै उनीहरुले आ–आफ्नो पालिकाका सबै निर्वाचित जनप्रतिनिधिहरुलाई सफत ग्रहण गराएका छन । 


सो अवसरमा उच्च अदालत विराटनगर, धनकुटा इजलासका मुख्य न्यायधिश रमेशकुमार खत्री, माननिय न्यायधिशहरु अन्जु उप्रेती ढकाल, फुर्वा तामाङ, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठ, राष्ट्रिय अनुशन्धानका प्रमुख तुलसी कट्टेल लगायत सुरक्षा नियकका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

  • Dhankutapress

थप