Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगरपालिकामा मतगणना शुरु

  •   ४ वर्ष अघि | ३१ बैशाख २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिकमा मतगणना शुरु भएको छ । सनिवार  विहान ३ वजे देखी मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ । कार्यालयको अनुसार धनकुटा नगरपािलका वडा नं.४ स्थित् सामुदाियक भवन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेरा विच मतगणना शुरु भएको हो ।

मतगणना स्थलमा सिसि क्यामेराले निगारानी गर्ने व्यवस्था गर्नुको साथै फलामको जाली तारले वारिएको छ । मतगणना स्थल र राजनितिक दलका प्रतिनिधि वस्ने स्थानको विचमा फलामको जाली लगाइएको छ । मतगणना स्थलमा दलका प्रतिनिधिहरुको मोवाईल निषेध गरिएको छ । 

धनकुटा नगरपालिकमा मेयर पदका लागी ४ जना र उपमेयर पदका लागी ३ जना चुनावी प्रतिष्पर्धा देखिए पनि मुख्य गरी नेकपा एमालेका चिन्तन थिङ तामाङ र गठवन्धनका उम्मेदवार दिनेश राई विच प्रतिष्पर्धा देखिएको छ । उपमेयर पदका लागी एमालेकी भिमा देवी खनाल राई र गठवन्धनका गणेश विष्ट विच प्रतिष्पर्धा देखिएको छ । धनकुटा नगरपालिकामा कुल मत २२ हजार, ७१ मध्ये १६ हजार, ४ सय १९ खसेको थियो । धनकुटा नगरपालिकमा कुलमतको ७१.४८ प्रतिसत मत खसेको थियो ।  

  • Dhankutapress

थप