Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगरपालिका वडा नं.६ कांग्रेसको किल्ला

  •   ५ वर्ष अघि | ३० पुस २०७८, शुक्रबार

सुस्मिता थिङ तामाङ

धनकुटा प्रेस सम्वादाता 

धनकुटामा नेपाली कांग्रेसको संगठन विस्तार गरी सुदृढ गर्दै बलियो कांग्रेस बनाउने अभियान अन्र्तगत शुक्रवार धनकुटा नगरपालिकाको वडा नं. ६ मा वडा पार्टी कार्यालयको उद्घाटन भएको छ ।

  नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले वडा नं. ६ को भिम नाराायण चौक स्थित सिरान बजारमा नेपाली कांग्रेसको वडा कार्यालयको उद्घाटन गर्दै अव कांग्रेसलाई कसैले पनि हराउने नसक्ने वताए। सो अवसरमा उनले धनकुटा नगरपालिका वडा नं.६ हिजो पनि कांग्रेसको किल्ला थियो, आज पनि छ र भोली पनि हुनेछ ।

नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटा जिल्लाभरी कांग्रेसको पक्षमा जनमत सिर्जना हुदै गएकाले अव धनकुटामा कांग्रेसले जित्ने दावी गरे।

नेपाली कांग्रेस वडा नं. ६ का सभापती रुपेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य इन्दिरा कटुवाल थापा,महाधिवशेन प्रतिनिधिहरु गंगारम ढुंगाना,सुमना तिम्सिना,क्षेत्रिय सभापती प्रदेश सभा ख धनकुटाका राजन पौडेल, प्रदेश सभा क का उपसभापती मिलन खड्गी,धनकुटा नगर सभापती तथा निर्वाचित वडा अध्यक्ष नरेश श्रेष्ठ, पूर्व नगर सभापती पुरेन्द्रलाल श्रेष्ठ,छथरजोरपाटी वडा नंं १का सभापती भोगेन्द्रराज अधिकारी लगायतले विकास र समृद्धी कांग्रेसले मात्र गर्ने वताए ।

  • dhankutakhabar

थप