Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा ३६ जनाले लिए उम्मेदवारी फिर्ता

  •   ५ वर्ष अघि | १७ बैशाख २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ आसन्न स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरु मध्ये धनकुटा जिल्लामा ३६ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उम्मेदवार फिर्ता लिनेमा स्थानीय तह प्रमुख देखि वडा सदस्य समेत रहेका छन् । 

निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ ५ बजेसम्मको समय सकिँदा जिल्लाका ६ वटा स्थानीय तहमा विभिन्न पदमा मनोनयन गरेका ३६ जनाले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । सहिदभूमि गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन गर्दा गराएका नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य भरत सिंह राई र उपाध्यक्षमा मनोनयन दर्ता गराएका जनता समाजवादी पाटी नेपालका बलेन्द्र राईले उम्मेदवारी फिर्ता लिएका छन् ।


त्यस्तै जनता समाजवादी पाटीबाट धनकुटा नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका गोपाल लिम्बू, सोही पाटीबाट उपप्रमुखका उम्मेदवार सरकुमारी आठपहरिया, वडा नं. २ वडाध्यक्षका उम्मेदवार अम्बरबहादुर राई, ८ नं. वडाका वडाध्यक्ष उम्मेदवार सोनिका आठपहरिया, ८ नं का महिला सदस्य उम्मेदवार भीमकुमारी राईले उम्मेदवारी फिर्ता लिएका छन् । धनपा वडा नं.३ मा जसपाको तर्फबाट वडाध्यक्षमा उम्मेदवार दिएका जितेन्द्र आठपहरियाले भने जिल्ला उपाध्यक्ष विकास घिमिरेले कांग्रेसको चुनाव चिन्न रुखबाट वडाध्यक्षमा चुनाव लड्ने तयारी गरेकाले आफुले छाता चिन्हबाट वडाध्यक्षमा उम्मेदवारी दिएको वताए । राष्ट्रिय प्रजातन्त्र पार्टीवाट १ नं. वडाका वडाध्यक्ष उम्मेदवार बाबु मगर, वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार तेजबहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । 

यता नेकपा एस पाटीबाट पाख्रिवास नगरपालिकाको प्रमुखका उम्मेदवारी दिएका गोपाल वराइली, उपप्रमुखका उम्मेदवार सावित्रा घिमिरे, वडा नं. १ का वडाध्यक्ष उम्मेदवार भोलानाथ अधिकारी, सोही वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका लोकेन्द्र तामाङ, वडासदस्यमा उम्मेदवार दिएको जसपाका गणेशबहादुर पराजुली, ३ नं. वडाका वडाध्यक्ष उम्मेदवार नेकपा एसका वेदवहादुर वस्नेत, वडा नं. ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका मिनवहादुर गुरुङ, वडा नं. १० मा वडाध्यक्षको स्वतन्त्र उम्मेदवार दिएका वीरेन्द्र समाल मगरले पनि उम्मेदवारीबाट नाम फिर्ता लिएका छन् । 

नेकपा एसका खगेन्द्र सुवेदीले महालक्ष्मी नगरपालिका उपप्रमुखबाट उम्मेदवारी फिर्ता लिएका छन् । सोही नगरपालिका वडा नं. १ मा वडाध्यक्षका उम्मेदवार नेकपा एसका पदमबहादुर पौडेल, वडा सदस्य दुर्गा दाहाल, २ नं. वडा सदस्यका स्वतन्त्र उम्मेदवार भोलामान ताम्ली, ३ नं. वडासदस्य नेकपा एसका योगेन्द्रप्रसाद दाहाल, ४ नं. वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विनोद भण्डारी, ५ नं. वडाध्यक्षका उम्मेदवारी राष्ट्रिय प्रजातन्त्र पाटीका दुर्गाबहादुर पुरी, वडा सदस्य भविष्य पौडेल, महिला सदस्य लिलामाया गिरी,  ६ नं. वडाका दलित महिला सदस्य रोमिला परियार, ७ नं. वडाध्यक्षका स्वतन्त्र उम्मेदवार दिनेशराज सुवेदी, नेकपा एसको तर्फवाट ७ नं. वडा सदस्यका उम्मेदवार नगेन्द्र लिम्बू (मादेन), ९ नं. वडाका स्वतन्त्र उम्मेदवार सुरेन्द्र भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । 

त्यस्तै छथरजोरपाटी गाउँपालिका वडा नं. ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका डिल्ली बहादुर लिम्बू पनि उम्मेदवार फिर्ता लिएका छन् । साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेकपा एसका अर्पणा सुब्बा र स्वतन्त्र उम्मेदवार जगतवहादुर राईले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका नेकपा एसका राजकुमार लिम्बूले उम्मेदवारी फिर्ता गरेका छन् । ९ नं. वडाका वडाध्यक्ष उम्मेदवार जसपाका पूर्णसिंह राई र वडासदस्य मानु राईले पनि उम्मेदवारी फिर्ता गरेका छन् । 

उम्मेदवारले नाम फिर्ता लिएपछि निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको 

छ । 

  • dhankutapress

थप