Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगरका प्रमुख चिन्तन तामाङले पदभार ग्रहण गरे

  •   ४ वर्ष अघि | ६ जेष्ठ २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा /वैसाख–३० को स्थानिय तहको निर्वाचनमा धनकुटा नगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित भएका चिन्तन थिङ तामाङले शुक्रवार पदभार ग्रहण गरेका छन् । 

प्रमुख निर्वाचन अधिकृतको कार्यालय धनकुटाले सफत ग्रहण गराए लगत्तै नगर प्रमुखको पदमा पुनःनिर्वाचित तामाङले आगामै ५ वर्षको लागी औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् । 


पदभार ग्रहण गर्नु अघि प्रमुख तामाङले धनकुटा नगरपालिकाका नवनिर्वाचित उप–प्रमुख भिमादेवी खनाल, नगरको १० वटै वडामा निर्वाचित भएका वडाध्यक्षहरु र सदस्यहरुलाई सफत ग्रहण गराएका थिए । सफत ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख तामाङले जनताको अभिमतलाई शिरमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । नगरपालिकमा आफूले ५ वर्ष काम गरेको अनुभव रहेको वताउँदै प्रमुख तामाङले भने ‘शुरु गरिएका अधुरो र अपुरो रहेको काम पुरा गरेरै छाड्ने छु ।’ 


तामाङले दोश्रो पटकको स्थानिय तहको निर्वाचन जित्न निक्कै सकस परेको वताउँदै भने–‘दुनियाँमा कन्या माग्दा सहजै पाइएला तर, मतदान माग्नु अत्यन्त्यै गाह्रो र सारो भएको अनुभव छ ।’ आफूलाई दोश्रो पटक धनकुटा नगरवासीले नगर प्रमुखमा जिताएकामा खुशी व्यक्त गर्दै धन्यवाद् दिए । उनले भने चुनाब जितिरहँदा थप गम्भिर हुनु पर्ने अवस्था पनि आएकाले स्थानिय सरकार संचालन ऐनलाई ध्यान दिएर सवैसंग समन्वय गरेर अघि वढ्ने वताए । सो अवसरमा निवर्तमान उप–प्रमुख शकुन्तला वस्नेतले नवर्विाचित जनप्रतिनिधिहरुलाई धनकुटा नगरको विकासको लागी हातमा हात, काँधमा काँध मिलाएर अघि वढ्न आग्रह गरे । उनले निर्वाचित जनप्रतिनिधिहरु कोही नयाँ र कोही दोश्रो कार्यकालको लागी निर्वाचित भएर पुनः आएको स्मरण गर्दै मिलेर काम गर्न जोड दिए । 


सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापाले देश संचालन गर्ने प्रक्रियामा जनप्रतिनिधिहरु आफू सरिक हुने प्रणाली अन्तर्गत स्थानिय सरकारको निर्वाचन भएर आउनु भएका नगर प्रमुख, उप–प्रमुख एवं सम्पुर्ण अध्यक्ष एवं सदस्यहरुलाई स्वागत गरे । उनले जनताको सेवा र जिविकाको लागी  जनअपेक्षा अनुसार काम गर्न शुभकामना दिदै आफू सहयोग र समन्वय गर्न तयार रहेको बताए । 

सफत ग्रहण तथा पदभार ग्रहण गर्नु अघि नगर प्रमुख तामाङ लगायत सम्पुर्ण जनप्रतिनिधिहरुलाई धनकुटा नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट फुलमाला र खदाले भव्य स्वागत गरिएको थियो । 

  • Dhankutapress

थप