धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.३ मा क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवार विकास घिमिरे सहित उनका परिवारले मतदान गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटा नगरपालिका–३ को वडाध्यक्षका उम्मेदवार बनेका घिमिरेले शुक्रवार ११ वजे भाषा उच्च मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन ्।
घिमिरेसंगै दाजु विजय घिमिरेसहित परिवारका ५ जना सदस्यले पनि मतदान गरेका थिए । उनका बुवा हर्क वहादुर घिमिरेको गत वैशाख २७ गतेका ६७ वर्षको उमेरमा निधन भएको थियो । बुवाको निधन पछि उनी काजक्रियामा बसेका थिए । जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष रहेका घिमिरे गठवन्धनबाट नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचनमा भाग लिइरहेका छन् ।
- dhankutapress