धनकुटा
प्रेस सम्वाददाता
धनकुटा/जनता समावादी पार्टी धनकुटाले आगामी
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख पदहरुमा संयुक्त गठवनधनका
उम्मेद्धारहरुलाई मात्र सघाउने जनाएको छ ।
पार्टी अध्यक्ष बलवहादुर राईले संयुक्त
गठवन्धनलाई धनकुटामा निरन्तरता दिइरहेको सन्दर्भमा आफ्नो पार्टीले आगामी स्थानिय
तहको निर्वाचनमा नयाँ रणनीतिको साथ चुनाव लड्ने तयारी गरीरहेको जनाएको छन । आफ्नो
पार्टीले प्रमुख पदहरुमा गठवन्धनलाई सहयोग गर्ने र वडाहरुमा मैत्रिपूर्ण ढंगले
आफ्नै पार्टीको चुनाब चिन्नबाट निर्वाचनमा भाग लिइरहेको अध्यक्ष राईले बताएका छन्
।
उनले जिल्लाको सात वटा स्थानिय तह मध्ये
२ गाउँपालिका गठबन्धनबाट उपाध्यक्ष पदमा जसपाले चुनाव लडिरहेको वताएका छन् । जस
मध्ये गठवन्धनबाट चौविसे गाउँपालिकामा अध्यक्षमा माओवादीका दलवहादुर मगर र
उपाध्यक्षमा जसपाका दिवा चेम्जोङले निर्वाचनमा भाग लिइरहेका छन् । त्यसैगरी
साँगुरीगढी गाउँपालिकामा गठवन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र
रुम्दाली र उपाध्यक्ष पदमा जसपाबाट लिलाराज लावती चुनावी प्रतिष्पर्धामा उत्रिएको
अध्यक्ष राईले बताए ।
पाख्रीवास, धनकुटा, महालक्ष्मी नगरपालिका, सहिदभूमी र छथरजोरपाटीमा गाउँपालिकामा
भने गठवन्धनलाई प्रमुख पदहरुमा भद्र सहमतीको साथ सहयोग गरेर जाने रणनीति पार्टीले
अघि सारेको राईको भनाई छ । संयुक्त गठवन्धनको सन्दर्भमा केन्द्रबाट आएको परिपत्र र
निर्देशन प्रमुख पदहरुमा पालना गरिएको छ, अध्यक्ष राईले थपे–‘वडा तहमा भने त्यो सहमती कार्यान्वयन
जसपाको हकमा धनकुटामा हुन सक्दैन् ।’ धनकुटाको ७ स्थानिय तहको वडा तहमा
उम्ेमद्धारी दिने सन्दर्भमा गठवन्धनका कुनै दलले इमान्दारिता नदेखाएकाले पनि आफ्नो
पार्टीले संगठनको अस्तित्वको लागी एक्लौटी निर्वाचनमा भाग लिनु पर्ने अवस्था आएको
राईको जिकिर छ । उनले पटक÷पटक
उम्मेद्धारी फिर्ता गर्न गराउन पार्टी भित्रका शिर्ष नेताहरुबाट र गठवन्धनबाट
दबाब् आयो । तर, आम
पार्टीका कार्यकर्ता र शुभचिन्तकहरुलाई पार्टीको चुनाब चिन्ह चिनाउनको लागी वडा
तहमा चुनावी मैदानमा जानुको विकल्प रहेन ।
गठवन्धनको सहमती र सहकार्यलाई विश्वास
गरेर अघि वढ्ने क्रममा धनकुटामा
आफ्नो पार्टी जनआधार र संगठन भएर पनि जसपाले भने जस्तो वडा तहमा उम्मेद्धारी दिनु
नपाएको अध्यक्ष राईको गुनासो छ । जिल्लाको ६० वटा वडा मध्ये २ दर्जनको हाराहारीमा
वडामा जसपाले वडाध्यक्ष पदमा उम्मेद्धारी दिएको थियो । उम्मेद्धारी परेका मध्ये
अहिले ९ वटा वडामा मात्र एक्लौटी उम्मेद्धारी परेको छ । वाँकी वडामा गठवन्धन र
शिर्ष नेताहरुको आग्रहमा उम्मेद्धारी मनोनयन फिर्ता गरिएको छ ।
चुनाव लड्नको लागी सहिदभूमी गा.पा.को
वडाध्यक्षहरुमा वडा नं.३ मा निशान राई, वडा नं.४ मा टंक राई र वडा नं.१ मा छत्र राईले पार्टीको
तर्फबाट एक्लौटी वडा तहको सवै पदहरुमा निर्वाचनमा भाग लिदैछन् । त्यसैगरी
साँगुरीगढी गाउँपालिकाको वडाध्यक्षहरुमा वडा नं.४ मा खड्ग आङ्गला, वडा नं.७ मा विजय राई र वडा नं.८ मा
पुष्पराज राईले एक्लौटी वडा तहको सवै पदहरुमा निर्वाचनमा भाग लिदै छन् ।
त्यसैगरी यता धनकुटा नगरपालिकाको वडा
नं.३ मा पनि जसपाका जिल्ला उपाध्यक्ष विकास घिमिरेले एक्लौटी ढंगले नेपाली
कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेद्धारी मनोनयन दर्ता गरेपछि धनकुटा नगर
कमिटीका उपाध्यक्ष जितेन्द्र आठपहरियाले एक्लौटी वडाध्यक्ष पदमा जसपाको छाता
चिन्हमा उम्मेद्धवारी दिएका छन् । गठवन्धनको सवालमा आपसी तालमेल समन्वयकारी भूमिका
पार्टी संगठन भित्र र वाहिर नहुँदा एउटै पार्टीका दुई उम्मेद्धवारले एउटै वडामा
छुट्टा छुट्टै चुनाव चिन्हमा अध्यक्ष पदमा चुनाव लड्दै छन् ।
जसपाबाट उम्ेमद्धारी दिएका जितेन्द्र
राईले आफुलाई उम्मेद्धारी फिर्ता गर्न दबाब् आए पनि मनोनयन फिर्ता नलिएको बताए ।
कांग्रेस पार्टीको चुनाव चिन्ह रुख लिएर अध्यक्ष पदका उम्मेद्धवार भएका विकास
घिमिरेले आफुलाई पार्टी भित्रैबाट असहयोग भएको गुनासो गरेका छन् । उनी अघिल्लो
स्थानिय तहको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमको चुनाव चिन्ह पुल्ठोबाट
अध्यक्षमा जित हात पारेका थिए ।
उता महालक्ष्मी नगरपालिकाको वडा नं.८ मा
पनि जसपाका मनिकुमार लुङ्गेलीको नेतृत्वमा वडाध्यक्ष सहित सम्पुर्ण पदमा एक्लौटी
निर्वाचनमा भाग लिइरहेका छन् । महालक्ष्मी नगरपालिकाको वडा नं.७ मा भने १ जना वडा
सदस्य र वडा नं.१ मा एकजना महिला सदस्य गठवन्धनबाट निर्वाचनमा सहभागी भएकों.वडा
नं.८ का वडाध्यक्ष पदका उम्मेद्धवार लुङ्गेलीले बताएका छन् । चौविसे गा.पा.को
वडाध्यक्षहरु वडा नं.८ मा जमिनध्वोज चेम्जोङ र वडा नं.६ मा आशिष चेम्जोङले
उम्मेद्धारी दिएका छन् । दुवै वडामा गठवन्धनबाट उम्मेद्धारी दिइएको छ । २ जना वडा
सदस्य पनि उम्मेद्धारी परेको उपाध्यक्ष पदका उम्मेद्धार दिवा चेम्जोङले बताएका छन्
। उता छथरजोरपाटी गाउँपालिकाका जसपाको तर्फबाट कुनै पदमा उम्मेद्धारी परेको छैन ।
पाख्रीवास नगरपालिकामा वडा नं.१ मा हरि
वुढाथोकीले जसपाको छाता चिन्हबाट वडाध्यक्ष सहित वडाको सवै पदमा उम्मेद्धारी दिएका
छन् । त्यसैगरी वडा नं.३ मा जितेन्द्र माङपाङ राई र वडा नं.१० मा गजेन्द्र राना
मगरले सदस्य पदमा उम्मेद्धारी दिएका छन् ।
जिल्लाभर नेकपा एमालेले मात्र धनकुटामा
एक्लौटी उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साँझा उम्मेद्धारी
परेको छ भने कतै एकल उम्मेद्धारी पनि परेको थियो । स्थानीय तह भागबन्डामा कुरो
नमिलेपछि गठबन्धनमा आबद्ध दलहरू मध्ये जसपा धनकुटाको मेयरमा गोपाल लिम्वु र उप–मेयरमा
सरकुमारी आठपहरियाले उम्मेद्धारी दिएका थिए । तर उनीहरु दुवै जनाले उम्ेमद्धारी
मनोनयन फिर्ता लिएका छन् । धनकुटा नगरपालिका वडा नं.–८ मा जसपाको तर्फबाट
वडाध्यक्षको उम्मेद्धारी दिएकी सोनिका आठपहरियाले पनि उम्ेमद्धारी फिर्ता लिएकी
छन् ।
- dhankutapress