धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेकपा एमाले केन्द्रिय कमिटिका वरिष्ठ उपाध्यक्ष, पुर्व उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले छिन्ताङ्गको जनताको रोजगारी र आर्थिक समृद्धिको लागि नेकपा एमालेले पहिलो प्राथमिकतामा राखेको वताएका छन ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औं स्थापना दिवशको अवसरमा धनकुाटको छिन्ताङ्गमा सनिवार आयोजित छिन्ताङ्ग काण्डका शहिद परिवार तथा विभिन्न व्यक्तित्व सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोख्रेलले यस्तो वताएका हुन् । छिन्ताङ्गमा ०३६ साल कार्तिक २७ गते तत्कालिन पञ्चायति शासकले घटाएको कुर घट्नाको स्मरण गर्दै नेता पोख्रेलले भने–‘नेकपा एमाले जहिले निरंकुश शासन व्यवस्थाको विरुद्ध र नेपाली जनताको आर्थिक समृद्धि र विकासको पक्षमा रहेको छ ।’ उनले जहिले पनि नेकपा एमालेले छिन्ताङ्गको जनताको रोजगारी र आर्थिक समृद्धिका लागि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको वताए ।
नेता पोख्रेलले भने–‘इतिहाँस देखि छिन्ताङ्गको जनता विरुद्ध लाग्नेहरुलाई कहिल्यै भोट दिएर नजिताउन धनकुटाका जनतालाई आग्रह गर्दछु ।’ उनले नेकपा एमालेले नेपाली राजनीतिमा जहिल्यै पनि स्थायित्व, राजनीतिक सद्भाव स्थापित गर्न खोजिरहेको वताउँदै पोख्रेलले भने–‘नेपाली जनताको पक्षमा जहिल्यै अघि वढीरहने नेकपा एमालेलाई कसैले मेटाउन सक्दैन ।’
पोख्रेलले अहिलेको गठवन्धन देश र जनताको हितमा नरहेको वताउँदै उनले भने–‘यो सरकार लोकतन्त्रको लागि नभएर एमाले विरुद्ध लाग्ने अराजकहरुको भिड् हो ।’ मुलुकमा राजनीतिक स्थायित्व दिनको लागि अहिलेको गठवन्धन जसरी भएपनि अन्त्य हुनु पर्छ– नेता पोख्रेलले थपे ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नम्वर प्रदेस कमिटिका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न छिन्ताङ्ग काण्डका सहिद परिवार तथा विभिन्न व्यक्तित्व सम्मान कार्यक्रममा सहिद श्रीमाया राई हाङ्गखिमा साँहिलीका छोरा भलकमान राई, नेकपा एमालेको १ नम्वर प्रदेस कमिटि अध्यक्ष तलसी न्यौपाने, प्रदेस उपाध्यक्ष टिकाराम चेम्जोङको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष एवं प्रदेससभा सदस्यद्धय इन्द्रमणी पराजुली, निरन राइ, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, सहिभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर विश्वकर्मा पौडेल, केन्द्रिय उपाध्यक्ष अनुभुतिवम नेपाली, महासचिव खेम नेपाली, नेकपा एमाले लेखा आयोगका सदस्य डिवि शाहा शंकर, धनकुटाबाट कोपिला शंकर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समाजका प्रदेश सचिव कृष्ण रुचालले गरेका थिए ।
- Dhankutapress