Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

तिन जना पहिचानबादी छुटेसंगै धनकुटाको अनिश्चितकालिन बन्द खुल्यो

  •   २ महिना अघि | ३० असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको राजारानीबाट अशोज २५ गते पक्राउ परेका पहिचानबादी नेताहरु मनकुमार याम्फू, बुलुन चेम्जोङ र सानु कुमार लिम्बु स्थानिय प्रशासनले विनाशर्त रिहा गरेसंगै अनिश्चितकालिन धनकुटा बन्द मंगलवार १२ वजे देखि खुलेको छ ।

प्रदेश १ पुनः नामांकन संघर्ष समितिले पक्राउ परेका बन्दीहरुको विनाशर्त रिहाईको माग गर्दै संयुक्त रुपमा मंगलवार बिहान देखी धनकुटा बन्दको आव्हान गरेका थिए । धनकुटाका तिन जना पहिचानवादी नेताहरुलाई अदालतको आदेश बिना पक्राउ गरी हिराशतमा लिएको भन्दै तिनै तहको संघर्ष समितिले मंगलबार बिहानै देखी धनकुटा छिर्ने सबै नाका बन्द गरेर धनकुटाको यातयात ठप्प पारेका थिए । पहिचानवादीहरुले जिल्ला सदरमुकाम धनकुटा न.पा–६ स्थित् फोक्ल्याण्ड टापु चोकलाई केन्द्र बनाएर मंगलबार विहान ७ वजे देखी यातयात अबरोध गरेका थिए । 

पहिचानवादी युवा दस्ताले गरेको यातयात बन्द स्थानीय प्रशासन र बन्दकर्ता बीच भएको छलफलमा पक्राउ परेकाहरुलाई विनाशर्त रिहाई गर्ने सहमति भएपछि दिउँसो १२ बजे देखी खुलेको थियो । स्थानिय प्रशासनले पक्राउ परेका पहिचानवादी नेताहरुलाई विनाशर्त छोड्नको लागि आलटाल गरेकाले बाध्य भएर चाडपर्वको मुखमा यातयात वन्द गर्नु परेको संघर्ष समितिका धनकुटा संयोजक सञ्जय सन्तोषी राईले बताए ।

संघर्ष समितिले आव्हान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि दशैं मनाउन हिडेँका यात्रुहरु धनकुटाको राजारानी, भेडेटार, कोशी कोरिडरको लाबरवोटे, सिधुवा वजार, वसन्तपुर, महालक्ष्मी नगरपालिकाको लेगुवा वजार र धनकुटाको फोक्ल्याण्ड टापु चोकमा सयौं सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका थिए । बन्द खुलेसँगै यात्रु तथा सवारीसाधन गन्तव्यतिर गएका थिए । 

असोज २५ गते धनकुटाको चौविसेबाट पक्राउ परेका पहिचानवादी नेताहरुको विनाशर्त रिहाइ नगरेका कारण धनकुटा छिर्ने नाका बन्द गरिएको संयोजक राईले बताए । संयोजक राईले भने–‘पक्राउ परेका पहिचानवादी नेताहरुलाई प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले वार्ता र सहमती अनुसार सोमवार नै छोडेको भए हामी अनिश्चितकालिन धनकुटा वन्द पनि गर्ने थिएनौं र यात्रुले दुःख पनि पाउने थिएनन् ।’ 

गत भदौ ८ गते धनकुटाको राजारानीमा भएको युवा संघको कार्यक्रममा सहभागी हुन आएका केन्द्रिय नेताहरुलाई पहिचानवादीहरुले सडक अवरुद्ध पारी सवारी साधनमा सामान्य तोडफोड गरेको घट्ना मुख्य कारण बनेको थियो । सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख पून्यविक्रम पौडेलको ठाडो निर्देशनमा असोज २५ गते चौविसे गाउँपालिका वडा नंं ६ का मनकुमार याम्फू, बुलुन चेम्जोङ लिम्बू र सानु कुमार लिम्बूलाई पक्राउ गरेको थियो । 

प्रजिअ पौडेलले पहिचावनवादी आन्दोलनकारीहरुलाई कानूनी रुपमा प्रक्रिया पु¥याएर छोडिएको वताए । स्थानिय प्रशासनले पक्राउ परेकाहरुलाई सोमवार नै नछोडेको कारण मंगलवार बन्दको सास्ती सर्वसाधरणले भोग्नु प¥यो भन्ने धनकुटा प्रेसको जिज्ञासामा पौडेलले भने–‘कानूनी प्रक्रिया पु¥याउने क्रममा एक दिन ढिला भएको हो ।’

  • Dhankutapress

थप