Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

यूवासंघ नेपाल छथरजोरपाटीको अध्यक्षमा चन्द्र सारु

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको छथरजोरपाटी युबा संघ नेपालको दोस्रो पालिकाअधिबेशनबाट चन्द्रसारु मगर अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । 

सनिवार सम्पन्न युवा संघ नेपालको दोश्रो छथरजोरपाटी धनकुटाको गाउँपालिका अधिवेशनले सारुलाई संघको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा प्रसिद्धिका श्रेष्ठ, सचिबमा लोचन लिम्बु, सह सचिब वाङ्गदी शेर्पा, सह–सचिब कमल लिम्बु  र कोषाध्यक्षमा इन्दिरा लिम्बुलाई सर्वसम्मत चयन गरिएको एमाले नेता फूर्वा घिसिङ तामाङले जानकारी दिए ।   

संघको ३१ सदस्सीय गाउँपालिका किमिटीको सदस्यहरुमा सीता लिम्वु, काजीमान कटुवाल, खगेन्द्र कार्की, विनिता मगर, प्रकास गुरुङ्ग, छिरिङ्ग शेर्पा, सुन्दर कट्टेल, विक्रम भट्टराई, कान्छीमाया लिम्वु, शंकर लिम्वू, थर्क वहादुर लिम्वू, विजयी लिम्वू, रोशन लिम्वू, एन्तरसिंह भूजेल, सुजन विष्ट, प्रविज विष्ट  र प्रेन विष्टलाई चयन गरिएको नेता घिसिङले जनाकारी दिएका छन् । 

यूवा पालिका भेलाको उद्धघाटन सत्रमा एमाले केन्द्रिय सदस्य शकुन्तला वस्नेत, नेताहरु शेरवहादुर लिम्वू, वलदिप राई, टेक वहादुर घिसिङ, इन्द्र सारु मगर, फूर्वा घिसिङ तामाङ लगायतले सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महिला ५ र दलित तिन जनालाई पछि मनोनयन गर्ने गरी ३१ सदस्सीय यूवा संघ नेपालको छथरजोरपाटीमा संगठन विस्तार गरिएको एमाले प्रदेस कमिटि सदस्य वलदिप राईले बताएका छन् ।


  • Dhankutapress

थप