Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

राष्ट्रघाती तत्वलाई पररास्त गर्न जनता जागौं अभियान

प्रदेश नं.१ नाम किराँत लिम्वुवान, खम्वुवान हुनुपर्नेमा जनमुक्तिको जोड

  •   ५ वर्ष अघि | २७ माघ २०७८, बिहिबार

धनकुटा प्रेस सम्वादाता

दमक/राष्ट्रिय जनमुक्ति पार्टीका संघिय अध्यक्ष केपी पालुङवाले विगतका सरकारहरुले अपारदर्शी एवं गुपचुप ढङ्गबाट अनुमोदन गरी अगाडि बढाईएको एमसिसी सम्झौताको विरोध गरेका छन् ।

उनले सरकारले संघीय संसदबाट पारित गर्न खोजिएको विवादास्पद एमसीसी सम्झौता विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीले आगामी फागुण २१ गते प्रदेश नं.१ को विराटनगरमा खबरदारीसभा गर्ने बताएका छन् । उनले राष्ट्रिय जनमुक्ति पार्टीले गएको मंसिर २१ गते देखी संचालन गरिरहेको जनता जागौं अभियान अन्तर्गत पार्टीको किराँत, लिम्वुवान खम्वुवान परिचालन समितिको आयोजनामा सरकारलाई एमसिसी सम्झौता खारेज गर्न र प्रदेश नं.१ नाम किराँत लिम्वुवान, खम्वुवान राख्न दवाब दिन वृहत खवरदारीसभा आयोजना गर्न लागीएको बताए । जनमुक्ति पार्टीको किराँत लिम्व्वान, खम्वुवान परिचालन समितिको वुधवार झापामा सम्पन्न वैठकले यस्तो तयारी गरीएको अध्यक्ष पालुङ्गवाले बताए । 

वैठकले प्रदेश नं.१ को नाम पहिचान र सामथ्र्यको आधारमा किराँत लिम्वुवान, खम्वुवान राख्न र एमसिसी राष्ट्रघाती सम्झौता तत्काल सरकारलाई खारेज गर्न दवाब दिन विराटनगरमा हुने आम सभाको तयारीको लागी पार्टीको सवैखाले संयन्त्र परिचालन गरिएको प्रदेश नं.१ इन्चार्ज प्रकाश याङ्गदेनले बताए । उनले तयारी वैठकमा पार्टीका नेताहरु मिना पन्धाक, पदम जवेगु, विष्णु थाम्देन, कृष्ण थेवे लगायत पाटीको संघिय महासभा सदस्यहरु, किराँत लिम्वुवान, खम्वुवान परिचालन समितिका पदाधिकारी एवं सदसस्यहरु, १४ वटै जिल्लाका अध्यक्षहरु उपस्थिति रहेको बताए ।   


किराँत, लिम्वुवान, खम्वुवान परिचालन समितिका संयोजक एवं पार्टीका इन्चार्ज याङ्गदेनले  जनता जागौं अभियान अन्तर्गत पार्टीले पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोगको आवरणमा नेपाललाई साम्राज्यबादी गुलाम बनाउने गम्भिर षडयन्त्रमा अहिलेको सरकार लागेको आरोप लगाएका छन् । ःउनले एमसिसी भित्र्याउनु भनेको नेपालको सार्वभौमसत्तालाई ठाडो चूनौति दिनु रहेको बताए। उनले सबै नेपालीले यस्ता सम्झौता बारे चनाखो हुनु पर्ने भन्दै पार्टीले नेपाली जनतालाई गम्भीर ध्यानाकर्षण गर्नुपर्ने आजको आवश्यक्ता रहेको औंल्याएका छन्। आगामी फागुण २१ गते विराटनगरमा हुने आमसभा सफल पार्नको लागी पार्टीले प्रदेश १ को सवै जिल्लाबाट तयारी गरिहेको याङ्गदेनले बताएका छन् । 


  • dhankutapress

थप