धनुकटा प्रेस सम्वाददाता
धनकुटा/नेकपा एमाले धनकुटाले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा भारी मतले आफ्नो पार्टीको उम्मेदवारहरुलाई निर्वाचित गराउने जिल्लावासी मतदाताहरुलाई सनिवार पत्रकार सम्ेमलन गरेर धन्यवाद् दिएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले धनकुटामा एमालेलाई शक्तिशाली पार्टी वनाउनको लागि आफ्नो अमुल्य मत दिएर विजय गाराउने सम्पुर्ण मतदातालाई धन्यवाद् दिए । उनले भने–‘पार्टीलाई जीत दिलाउन अहोरात्र खट्ने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक,शुभचिन्तक तथा समर्थकहरुलाई पनि धन्यवाद् दिन्छु ।’ उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, सम्वद्ध कार्यालयहरु, पर्यवेक्षक, स्वयमसेवक र संचारकर्मीहरुलाई पनि धन्यवाद दिए ।
नवनिर्वाचित राईले आफु निर्वाचनको क्रममा भोट माग्न जिल्लावासीको घरघर पुग्दा वाँदर आतंकले सताएको जनगुनासो जनस्तरवाट आएको वताए । उनले वाँदर आतंक नियन्त्रण गर्न आफ्नो तर्फबाट पहल गर्ने बताएका छन् । उनले जिल्लाको अधिकांश गाउँमा वाँदर आतंकले किसान प्रताडित भएको भन्ने धेरेैको जनगुनासो आएकाले बाँदर नियन्त्रणको लागि विशेष योजना वनाएर अघि वढ्ने बताए । राईले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई भने–‘कानुन् बनाएर बाँदरलाई नियन्त्रण गर्ने कार्यक्रम बनाउनु होस ।’ उनले आफु दोश्रो पटक धनकुटाबाट प्रतिनिधिसभाको लागि निर्वाचित भएकाले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा विशेष पहल गर्ने वताएका छन् ।
उनले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई हिलेको सडक चौडा पारे जस्तै धनकुटा वजारको सडक पनि चौडा गर्न आवश्याक पहल गर्न निर्देशन दिए । विकास भनेको सडकले दिने भएकाले धनकुटा वजारमा विकासको अनुभूति दिलाउने गरि सडक चौडा बनाउन आवश्याक योजना बनाउन धनकुटा नगर प्रमुख चिन्तन तामाङलाई निर्देशन दिए ।
उनले एमालेका कार्यकर्ता विजय जुलुसबाट घर फर्किने क्रममा बाटो ढुकेर कुटपिट गरेको भन्ने सुनिएको छ, यस घट्ना प्रति नेकपा एमाले जिल्ला कमिटी धनकुटाको गम्भिर ध्यानाकर्षण भएको वताए । राईले कुटपिटको घट्नामा संलग्न अपराधीलाई कानुनी काठघरमा ल्याउन र पिडितलाई आवश्याक क्षतिपुर्तिको लागि स्थानिय प्रशासनलाई आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीको अन्त्यमा भनिएको छ–‘सम्पुर्ण जिल्लावासीहरुको न्यानो माया, साथ सहयोगमा धनकुटाको विकास र समृद्धि, जनताको सुःख र सम्पन्नताको लागि दृढतापुर्वक उभिने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ नेकपा एमाले धनकुटाका अध्यक्ष एवं प्रदेस सभा सदस्यमा नवनिर्वाचित इन्द्रमणी पराजुलीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नवनिर्वाचित निर्वाचन क्षेत्र क प्रदेश सभा सदस्य निरन राई, केन्द्रिय सदस्य तथा धनकुटा सह–इन्चार्ज शकुन्तला वस्नेत, समानुपातिक उम्मेदवारद्धय मनकुमारी तितुङ ‘तारा’, शिव आङ्गला, जिल्ला उपाध्यक्ष चिन्तन तामाङ, प्रचार विभाग प्रमुख सावित्रा राई, एमाले नेता उज्वल किराँती लगायतको उपस्थिति रहेको थियो ।
- Dhnakutapress