सुस्मिता थिङ तामाङ
धनकुटा प्रेस सम्वादाता
धनकुटा/नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसको १३ औ अधिवेशनले वुधवार सुवास भण्डारीलाई सभापतीमा चयन गरेको छ ।
नेविसंघको पूर्व क्याम्पस अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले उद्घाटन गरेको क्याम्यस अधिवेशनबाट उपसभापतीद्धयमा महेश सुवेदी,कलम लिम्बु, सचिवद्धयमा युवराज कार्की,सुवास खनाल,सह–सचिवहरुमा क्रमश ममता राई, रिता भट्टराई,मनिसा पाचकोटी,विरेन्द्र भण्डारी र कोषाध्यक्षमा निशा राईलाई चयन गरकोे छ ।
तेइस सदस्यीय क्याम्पस इकाई समितिको सदस्यहमा रन्जन कार्की,अनिस भट्टराई,निर्मलाकार्की,सिर्जना माझी,सुनिता वास्कोटा,मनिला थापा,रुपा भण्डारी,किशार श्रेष्ठ,सुनिता तामांग,रिया कार्की,बिनिता कार्की, इन्दु भट्टराई र अन्जु वास्कोटालाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष सुवास भण्डारीले बताए।
नवनिर्वाचित पदाधिकारीरु र सदस्यहरुलाई नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटकाका सचिव संगठन विभाग प्रमुख विजय सन्तोषी राईले पद तथा गोपनियताको शपथ गराएका थिए।
- dhankutapress