धनकुटा प्रेस सम्वाददाता
माङ्गसेवुङ, लारुम्बा/शुक्रवार सम्पन्न स्थानिय तहको निर्वाचनमा इलामको माङसेबुङ गाउँपालिकाको वडा नं.५ लारुम्बामा गठवन्धनको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीको चुनाब चिन्ह घरका उम्मेदवारहरु प्यानल बिजयी भएका छन्।
गठबन्धनका तर्फबाट साझा उम्ेमदवार वनेका राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल नै विजयी भएपछि इलामको माङ्सेबुङ ५ मा भव्य विजय उत्सव मनाएको नवनिर्वाचित अध्यक्ष नरेन्द्र कुमार राईले धनकुटा प्रेसलाई बताएका छन्।

जनमुक्तिका उम्मेद्वार नरेन्द्रकुमार राई ६ सय ९ मतान्तरका साथ विजयी भएका हुन् । अन्य सबै पदहरुमा पनि जनमुक्तिको घर चिन्हबाट प्यानल विजयी भएका हुन् । उनले माङसेवुङ गाउँपालिकामा रहेका ठूला पार्टीहरुसंग पालिका स्तरको कमिटीबाटै वडा नं.५ मा किराँत धर्मगुरु आत्मनन्द लिङदेनको भावाना विपरित नजाने भनि सहमति भएपछि गठवन्धनबाट चुनावमा सहभागी भएको वताए ।
उनले माङसेङवुङमा रहेका ठूला पार्टीका पालिका स्तरको संगठनले जनमुक्ति पार्टी र किराँत धर्मगुरुसंग भएको सहमति वडा तहमा समन्वय नहुँदा उल्टै जनमुक्ति पार्टीको उम्मेदवारहरुले उल्टो गठवन्धनमा चुनाव लड्नु परे पनि आफू सवैको साझा निर्वाचित वडाध्यक्ष भएको दावी गरे । उनले आफूलाई अमुल्य मत दिएर विजय गराउनु हुने सम्वुर्ण वडावासीहरुलाई विजय उत्सवमा धन्यवाद ज्ञापन गरेका छन् । आगामी दिनमा आफूले वडापालिकमा काम गर्दा सवेलाई समेटेर लाने पनि प्रतिवद्धता जनाएका छन् ।

निर्वाचित वडा अध्यक्षमा राईले ८ सय ३७ मत ल्याएर विजयी भएका थिए । महिला सदस्य तीलरुपा सबेहाङ निर्वरोध निर्वाचित भए भने, दलित महिला सदस्य, गंगामाया विश्वकर्मा ८ सय ६३ मतले विजयी भए । अन्य सदस्यहरु वीरबहादुर कुरुम्बाङ ८ सय १२ मत, सुरेन्द्र तुम्बाहाम्फे ७ सय १७ मत ल्याएर विजयी भए ।

वि.सं.२०७४ को स्थानिय तहको निर्वाचनमा पहिलो पटक निर्वाचित भएर किरात सिरिजङ्गा लिपि र लिम्बू भाषामा सरकारी कार्यालयको बोर्ड प्रदेश नं.१ को राजनीतिक इतिहास मै पहिलोपल्ट राखेर लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गर्ने नरेन्द्र कुमार राई स्थानिय सरकारका पहिलो जनप्रतिनिधि हुन् ।
- Dhankutapress