धनकुटा प्रेस सम्वाददाता
धनकुटा/गठबन्धन कायम रहुन्जेल कांग्रेससंगको सहकार्यमा एमाले सरकारमा नजाने एमालेका वरिष्ठ नेता इश्वर पोख्रेलले बताएका छन् ।
उनले गठवन्धन रहुन्जेलसम्म मुलुकको विकास नहुने एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले दावी गरे । प्रेस चौतारी धनकुटाले सनिवार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले गठबन्धनकै कारण मुलुकको अर्थतन्त्र नै ध्वस्त हुदै गएको आरोप लगाए ।
एमाले तत्कालै सरकारमा जाने पक्षमा नरहेको तर,गठबन्धन त्यागेर काग्रेसले प्रस्ताव गरे सरकारमा जानसक्ने नेता पोखरेलको भनाई थियो ।
काग्रेस बाहेक अन्य दलसंग मिलेर सरकारमा जानसक्ने कुनै सम्भावना छ भनेर पत्रकारहरुले सोधेको प्रश्नमा नेता पोख्रेलले भने–‘त्यो सम्भावना नरहेको भन्दै नेता पोखरेलले गठबन्धनले सरकार कसरी बनाउछ आफुहरुले हेर्ने र त्यसपछि निर्णय लिने छौें ।’
उनले एक फरक प्रंसंगमा गठबन्धनको विचार, उद्देश्य र दृष्टिकोण नभएको वताए । उनले गठबन्धनको कुनै विचार, उद्देश्य दृष्टिकोण, गन्तव्य छैन, केवल एमालेलाई समाप्त गर्ने अपराधिक योजना मात्र वनाउने गरेको आरोप लगाए । नेता पोखरेल जातिय मुक्ती समाजको ३५ औ स्थापना दिवसको अवसरमा धनकुटाको छिन्ताङ्गमा आयोजना हुने कार्यक्रमलाई सम्वोधन गर्न आउने क्रममा धनकुटा आई पुगेका हुन ।
प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष डण्डीकेशर कट्टेललको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेनमा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गोपाल गुरागाँई, प्रदेश नं.१ का अध्यक्ष तुलसी न्यौपाने, प्रदेस उपाध्यष टिकारम चेम्जोङ, जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मानवी मोक्तानले गरेकी थिईन ।
- Dhankutapress