Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धरानमा लौरोको स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता कायमै

  •   ४ वर्ष अघि | ५ जेष्ठ २०७९, बिहिबार


धनकुटा प्रेस सम्वाददाता 

धरान/धरानमा पछिल्लो मत गणना अनुसार स्वतन्त्रका मेयरका उम्मेदवार हर्क साम्पाङले गठबन्धनका मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईसँग ५ सय मतले अग्रता कायम गरेका छन् ।

बिहीबार राति साढे ९ बजे सम्म ३३९७३ मत गणना हुँदा सम्म स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईभन्दा ५ सय मतान्तरले अगाडी रहेका छन् । 

अहिले सम्म गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ९५०१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका छन् । यसै गरी नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ७६७८ मत प्राप्त गरेकी छन् । 

यसै गरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १०८३३ मत प्राप्त गरी अग्रस्थान कायम गर्न सफल भएका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले १०३२८ मत प्राप्त गरेका छन् ।



धरान–१४ मा ५ सय मत गणना हुँदा राप्रपाको अग्रता कायमै 

धरान–१४ मा ५ सय मत गणना हुँदा अहिले सम्म राप्रपाबाट वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद भट्टराईले २११ मत प्राप्त गरी नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार उत्तम आले मगर भन्दा ५१ मतले अगाडी रहेका छन् । नेकपा एमालेका उत्तम आले मगरले १६० मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार श्याम श्रेष्ठले ७३ मत प्राप्त गरेका छन् । 

धरान–११ मा १२ सय मतगणना हुँदा १७ मतले काँग्रेसको अग्रता 

धरान-११ मा यो समाचार तयार पारुन्जेल सम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा धरान ११ को वडाध्यक्षमा नेपाली काँग्रेसका लोकेन्द्र फागोले ३२८ मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका किरण राईले ३११ र माओवादी केन्द्रका जितराज राईले १६० मत प्राप्त गरेका छन् । -कपुरी न्यूज

  • Dhankurapress

थप