धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा जिल्लाको सम्पुर्ण मतदान केन्द्रमा तोकिएकै समयमा मतदान शुरु भई शानितपुर्ण ढंगले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय धनकुटाले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहाले धनकुटा जिल्लामा आइतवार सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा
प्रतिनिधिसभा र प्रदेशसभाका लागी आईतवार विहान शुरु भएको धनकुटाको १ सय १९ मतदान स्थलमा रहेका १ सय ६४ वटा मतदान केन्दमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहाले वताएका छन् । उनले धनकुटा जिल्लामा कुल मतदाता १ लाख, १६ हजार, ९ सय, ९१ मध्येबाट ६० प्रतिसत मत खसेको प्रारम्भिक अनुमान रहेको बताएका छन् ।
यसैक्रममा धनकुटा नगरपालिका वडा नं.६ मा वहुउदेश्यि सामुदायिक भवन आँखा अस्पताल केन्द्रमा वरिष्ठ साहित्यकार झमक कुमारी घिमिरेले आफ्नै पाउवाट गोप्य मतदान गरेकी छन् । घिमिरेले धनकुटा नगरपालिका वडा नं.६ मा रहेकोे ‘क’ मतदान केन्द्रवाट मत खसालेर मतदान गरेकी हुन । उक्त मतदान केन्द्रमा ३ वटा मतदान स्थल रहेको छ भने २ हजार, ६ सय ५७ मतदाता रहेका छन् ।
सो अवसरमा झमक घिमिरेसंगै मतदान गर्न आएका झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष एवं पुर्व सांसद गोपाल गुरागाँईले पनि मतदान गरेका थिए । आम मतदाताहरुले पनि सो मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान गरेका छन् । यता धनकुटा नगरपालिका अन्तर्गत त्रिवेणी मा.वि.,टेकुनाला प्रा.वि., साङ्गताङ मा.वि., विहिवारे हटिया, भाषा मा.वि.,तालिम केन्द्र,हिले मा.वि.,पारिपात्ले लगायत जिल्लाको सवै नगर र पालिका अन्तर्गतका सम्पुर्ण मतदान केन्द्र र मतदान स्थलहरुमा पनि शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।
यता धनपा–५विहिवारे हटियाको मतदान केन्द्रमा धनकुटा–५ माथिल्लो कोप्चेका कृयापुत्री रिदम श्रेष्ठले मतदान गरेका छन् ।
निर्वाचन कार्यालय धनकुटाका अनुसार धनकुटा जिल्लामा १ लाख, १६ हजार, ९ सय ९१ जना मतदाता रहेका छन् । जसमा ५३ हजार २ सय ५४ जना महिला र ५१ हजार ९ सय ३४ जना पुरुष मतदाता रहेका थिए । गत वैसाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जस्तो यस पटकको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातामा भोट हाल्ने उत्साह नदेखिएको पाइएको छ ।
- Dhankutapress