धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेकपा माओवादी (केन्द्र) का पोलिटव्यूरो सदस्य एवं धनकुटा इन्चार्ज हेमराज भण्डारीले धनकुटामा गठवन्धनको आधिकारिक उम्मेदवार टुङ्गो लागि नसकेको वताएका छन् ।
नेकपा माओवादी केन्द्र धनकुटाले मंसिर–४ गते हुने निर्वाचनको लागि उम्मेदवारहरुको नाम सार्वजानिक गर्न आयोजना गरेको पत्रकार सम्ेमलनमा वोल्दै धनकुटा इन्चार्ज एवं पोलिटव्यूरो सदस्य भण्डारीले यस्तो वताएका हुन् । गठवन्धनको आधिकारिक उम्मेदवार मै हौं भनेर केहि केहि पात्रहरुले हल्ला गरिरहेको भएपनि अहिलेसम्म को हुने भन्ने टुङ्गो लागि नसकेको वताए । उनले गठवन्धनको नाममा कोही कसैले नाम लिएर आए पनि माओवादी केन्द्रलाई कसैले अवरोध नगरोस भन्दै आफू एक स्टेम अघि वढी सकेको दावी गरे ।
नेता भण्डारीले–‘हरेक चुनावमा गठवन्धन गरिरहँदा आफ्नो पार्टीको अस्तित्व नै मेटिने भएकाले धनकुटाको हकमा नेकपा माओवादी केन्द्र गठवन्धन नगरि एक्ल्यै चुनाव लड्ने छ ।’ धनकुटामा सवै भन्दा पहिले गएको स्थानिय तहमा नेपाली कांग्रेसले गठवन्धन तोडेको दावी गर्दै संघ र प्रदेशको निर्वाचनमा सहकार्य नहुने–नेता भण्डारीको दावी छ । उनले धनकुटाको विकास र संमृद्धीको लागि माओवादी बाहेक अन्यको विकल्प नरहेको दावी समेत गरेका छन ।
नेकपा माओवादी केन्द्र धनकुटाले प्रतिनिधि सभाका धनकुटामा गठवन्धनको आधिकारिक उम्मेदवार टुङ्गो लागेको छैन–नेता भण्डारीलागि प्रत्यक्ष तर्फ हेमराज भण्डारीलाई सर्वसम्मत सिफारीस गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । भण्डारी २०७४ सालको धनकुटा १ बाट संविधान सभा सदस्य हुन । नेकपा माओवादी केन्द्र धनकुटाले विहिवार पत्रकार सम्ेलन गरि मंसिर ४ मा हुने निर्वाचनका लागि पाटिका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।
माओवादीले लोक गायक सम्भु राइलाई धनकुटावाट प्रतिनिधि सभा सदस्यमा समानुपातीक तर्फ सिफारीस गरेको छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुङमाङ्ग जन्मथालो रहेका राइलाई नेकपा माओवादी केन्द्रले सिफारीस गरेको हो । उनीसगै तिलकप्रसाद राई र प्रेम दालाहाङ्गलाई सिफारीस गरेको छ । त्यस्तै केन्द्रले प्रदेश क को प्रत्यक्षतर्फ भुमिराज देवान,भरतसिंह राई, सोनाम लामा र इन्द्र खत्रिलाई सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश ख प्रत्यक्षतर्फ नगेन्द्र गहतराज,कुशुम कुमारी श्रेष्ठ,दुर्गा कुँवर र मुक्ति बजगाँई सिफारीसमा परेका छन । त्यस्तै प्रदेश क समानुपातीक तर्फ ऋषिराम ढुंगना, डिल्लीराम राई,स्मीता निरौला, हेमचन्द्र किराती,विष्णुमाया कन्दङवालाई सिफारिस गरेको छ । त्यस्तै प्रदेश ख समानुपातिक तर्फ विष्णु पारघरी,युगल राई, सरिता बराईली, दिपक आले मगर र चिरन्जीवी राईलाई सिफारीस गरेको छ ।
पत्रकार सम्ेमलनमा नेताहरु कमल राई, ऋािषराम ढुङ्गाना, कुसुम श्रेष्ठ(जुली), कविता कन्दङ्गवा भरतसिंह राई, हेमचन्द्र किराँती लगायतको उपस्थिति रहेको थियो ।
- Dhankutapress