Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगरमा ४ वटा वडा गणना गर्दा एमालेको अग्रता कायमै

  •   ४ वर्ष अघि | १ जेष्ठ २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिकामा मतगणना शुरु भए देखी नै नेकपा एमालेले लिएको अग्रतालाई ४ वटा वडा मतगणना हुँदा सम्म ७ सय ४४ मतले प्रमुख पदमा अग्रता कायम गरेको छ । 

नेकपा एमालेका तर्फबाट प्रमुख पदमा अग्रता कायम गरिरहेका चिन्तन तामाङले हालसम्म वडा नं.१ बाट १४२०, वडा नं.२ बाट १०६५, वडा नं.३ बाट ३२१ र वडा नं.४ बाट २ सय ९६ गरी जम्मा ३ हजार, १ सय २ मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दिनेश राईले वडा नं.१ बाट ९४६, वडा नं.२ बाट ६९५, वडा नं.३ बाट ४ सय ३१ र वडा नं.४ बाट २८६ गरी जम्मा २ हजार, ३ सय ५८ मत प्राप्त गरेका छन् । 

धनपा वडा नं.१ का ओङ्गदा थिङ तामाङ र धनपा वडा नं.२ का निर्वाचित वडाध्यक्ष चन्द्रलाल पाख्रीन तामाङ

एमालेका तामाङले गठवन्धनका राईलाई ७ सय ४४ मतले पछि पारिरहेका छन् । त्यसैगरी उप–प्रमुखमा एमालेका भिमा देवी खनालले वडा नं.१ बाट ९४९, वडा नं.९३६, वडा नं.३ बाट २९६, वडा नं.४ बाट ३११ गरी जम्मा २४९२ मत प्राप्त गरेकी छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी गठवन्धनका गणेश विष्टले वडा नं.१ बाट ११९३, वडा नं.२ बाट ५८३, वडा नं.३ बाट ३७८ र वडा नं.४ बाट २१७ मत गरी जम्मा २३७१ मत प्राप्त गरेका छन् । उप–प्रमुख एमालेकी भिमा खनालले गठवन्धनका विष्टलाई अहिलेसम्म १ सय २१ मतले पछि पार्दै आएकी छन् ।  

त्यसैगरी धनकुटा नगरपालिका वडा नं.१ मा नेकपा एमालेका युवा नेता ओङ्गदा थिङ तामाङले विजयी हासिल गरेका छन् । उनले गठवन्धनका वडाध्यक्ष पदका नेपाली कांग्रेसका शसक्त कर्मशिल युवा नेता अमित लो तामाङलाई १३७ मतले पछि पार्दै थिङले वडाध्यक्ष पद हात पार्न सफल भएका हुन् ।

विजयी भएका थिङले सूर्य चिन्हमा ११६३ मत ल्याएका छन भने पराजित भएका रुख चिन्हका अमित तामाङले १०२६ मत प्राप्त गरेका छन । अर्का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सम्शेर गोङ्गवा तामाङले पुतली चिन्हबाट १५५ मत प्राप्त गरे पछि सुर्य चिन्हलाई निक्कै ठूलो राहात मिलेको थियो । किन भने गोङ्गवा पुराना कट्टर कांग्रेस नै थिए । गठवन्धनले उनलाई टिकट नदिए पछि धनपा वडा नं.१ मा स्वतन्त्र उम्मेदवार दिएका थिए । कांग्रेसको पोल्टामा झरेको दुवै अध्यक्ष अमित र सम्शेर गोङ्गवाको मत जोड्दा ११८१ योगफल हुन आउँछ । वडा नं.१ मा जम्मा २६२६ मत खसेको थियो । 

 

त्यसैगरी वडा नं.२ मा पनि नेकपा एमालेका परिश्रमी किसानी लोकप्रिय नेता चन्द्रलाल पाख्रीन तामाङले उनका निकटतम प्रतिद्धन्दी गवन्धनका राजकुमार राईलाइ १९९ मतले पछि पार्दै विजयी भएका छन् । १९५० मत झरेको वडा नं.२ मा तामाङले ९०२ र आठपहरियाले ७०३ मत प्राप्त गरेका थिए । तामाङ ०७४ को स्थानिय निर्वाचनमा पनि निर्वाचित वडाध्यक्ष हुन । उनले परिश्रमी किसानी नेता भएकाले ०७२ सालमा राष्ट्रपति पुरस्कार पाएर देशव्यापी रुपमा ख्याति कमाएका थिए । 

हालसम्म जिल्लाको ६० वटा वडा रहेको ७ स्थानिय तहमा २६ वडाको नतिजा सार्वजानिक हुँदा एमालेले १६ वटा र गठवन्धनले १० वडामा जित हात पार्न सफल भएका छन् । जस मध्ये चौविसेको वडा नं.२,३,४ र ५ मा वडाध्यक्षमा एमालेले जित हात पारेको छ भने वडा नं.१ र ६ मा गठवन्धनले अध्यक्ष जितेको छ । साँगुरीगढीको वडा नं.१,१० र ८ मा एमालेले जित हासिल गर्न सफल भएको छ भने वडा नं.२ र ३ मा गठवन्धनले अध्यक्ष हात पारेको छ । धनपामा वडा नं.१ र २ मा एमालेले वडाध्यक्षको जित हासिल गरेर विजयी शुरुवात गरेको छ । 


पाख्रीवास नगरपालिकामा वडा नं.२ र ३ मा एमाले, १ र ४ मा गठवन्धनले वडाध्यक्ष जितेको छ । छथरजोरपाटी गाउँपालिकामा वडा नं.३ र ४ एमाले, वडा नं.५ र ६ मा गठवन्धनले वडा अध्यक्षमा जित हासिल गरेको छ । उता महालक्ष्मी नगरपालिकामा एमालेले वडा नं.१ र ४ मा वडाध्यक्ष हात पारेको छ भने २ र ३ नम्वर वडामा गठवन्धनले जित हात पारेको छ ।  


  • Dhankutapress

थप