धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको अगुवाईमा धनकुटा–७ जिरोपोइन्टमा कोशि प्रदेश नामंकन गरेको भन्दै विरोध स्वरुप १ घण्टा चक्काजाम गरेका छन् । विहिवार १० वजे देखि ११ वजेसम्म चक्का गरिएको किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष उद्धवमणी राईले वताए ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका समन्वयमा भएको कार्यक्रममा धनकुटामा रहेका एकल जातिय संस्थाहरुको सहभागिता रहेको थियो । विरोध कार्यक्रममा नेफिन धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले १ नम्वर प्रदेशवासीको भावना र चाहाना विपरित कोशि प्रदेश नामकरण गरिएको भन्दै कोशि प्रदेश जलाई दिएका छन् ।
अध्यक्ष राईले भने–‘नदी खोला नालाले कहिल्यै पनि पहिचान नमाग्ने भन्दै भूगोल र सभ्यतालाई सम्वोधन नगरेसम्म प्रदेशको नामकरणको सवालमा आदिवासी जनजातिहरुको आन्दोलन जारी रहने वताए । प्रदेशसभाले वुधवार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘कोशि प्रदेश’ टुङ्गो लगाए पछि १ नम्वर प्रदेश भरी विरोध स्वरुप धनकुटामा चरणवद्ध आन्दोलन गर्ने महासंघले जनाएको छ ।
यसै विच नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटामा आवद्ध किराँत राई यायोखा, किराँत याखा छुम्मा, किराँत याक्थुङ चुम्लुङले संयुक्त विज्ञप्ती निकालेर कोशी प्रदेशको विरोध गरेका छन् ।
- Dhnakutapress