धनकुटा प्रेस सम्वाददाता
धनकुटा/मदन पुरस्कार विजेता प्रसिद्ध साहित्यकार झमककुमारी घिमिरेले पनि मतदान गरेकी छिन / उनले धनकुटा नगरपालिका वडा नं.–६ कचिडे स्थित् सामुदायिक वहुउेश्यीय सामुदायिक भवनको (क) मतदान केन्द्रमा परिवारका सदस्यसँगै पुगेर पहिलो मतदाताको रुपमा मतदान गरेकी थिइन् । उनले मतदानको उद्धघाटन गरेपछि मतदान शुरु भएको थियो ।

सो अवसरमा पुर्व सांसद एवं झमक घिमिरे साहित्यकला प्रष्ठिानका अध्यक्ष गोपाल गुरागाँई, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मुख्य निर्वाचन अधिकृत फडिन्द्र प्रसाद पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी राम नारयण श्रेष्ठ, राष्ट्रिय अनुशन्धान धनकुटाका प्रमुख तुलसी कट्टेल लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
- dhankutapress