Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

एमसीसी खारेजीका लागि राजधानीमा विरोध सभा

  •   ५ वर्ष अघि | ८ फाल्गुन २०७८, आइतवार

धनकुटा प्रेस सम्वाददाता

काठमाण्डौं/ राष्ट्रिय जनमुक्ति पार्टीले आज राजधानी काठमाडौंमा एमसीसी खारेजीको लागि भन्दै विरोध सभा सम्पन्न गरेको छ । पार्टी संघीय परिषद ९केन्द्रीय समिति० को आयोजनामा माईतीघर मण्डलामा सो विरोध सभा कार्यक्रम सम्पन्न गरिएको हो ।

पार्टी महासचिव टोप अस्लामीको संयोजकत्वमा आयोजना गरिएको सो कार्यक्रममा पार्टीका सचिवहरु मोजीव अली, गजेन्द्र आङबुहाङ्ग र पूर्ण ब। रानाले सम्बोधन गर्नु भएको थियो ।

मित्र राष्ट्र अमेरिकाले एमसीसी परियोजना जबर्जस्त लागु गर्न दिएको दवाब प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टी महासचिव टोप अस्लामीले बताउनु भयो । यसको तत्काल विरोध गर्न पार्टीले संघीय परिषदको दोश्रो बैठकबाट निर्णय गरेकोमा आज एमसीसी खारेजीका लागि विरोध सभा सम्पन्न गरिएको महासचिव अस्लामीको भनाई छ ।

राष्ट्रघाती एमसीसी सम्झौता संसदमा टेबल गर्नु आफैमा राम्रो नभएको वक्ताहरुको भनाई छ । उहाँहरुका अनुसार यो विरोध सभा राष्ट्रिय जनमुक्ति पार्टीको रिहर्सल हो, यदि एमसीसी संसदबाट पारित गरिएमा पार्टीले आगामी दिनमा अझ शसक्त र तीव्र रुपमा विरोध र भण्डाफोर गर्नेछ ।


सो विरोध सभामा स्वतन्त्र प्राध्यापक तिलाराम पौडेलले पनि हातेमालो गर्नु भएको थियो । उहाँले एमसीसीको दस्तावेजमा भएका राष्ट्रघाती बुँदाहरुको प्राज्ञिक जानकारी गराउनु भएको थियो ।

कार्यक्रम दिनको १ बजेबाट सञ्चालन गरिएको कार्यक्रममा पार्टीका अध्यक्ष खड्ग प्रसाद के.पी. पालुङवा साथै कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको समेत प्रत्येक्ष निगरानी रहेको थियो । पार्टीका पदाधिकारीहरु, संघीय परिषद सदस्यहरु, प्रदेश–जिल्ला तहका नेता कार्यकर्ताहरु र युवाहरुको समेत सहभागिता रहेको थियो । विरोध कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

  • dhankutapress

थप