Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

वडाध्यक्षले दिए आफ्नो सेवा सुविधाबाट विद्यालयमा पोशाक

  •   ४ महिना अघि | २० पुस २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यालय पोशाक वितरण गरेका छन । 

वडाध्यक्ष मगरले एक कार्यक्रमबिच महालक्ष्मी नगरपालिका वडा नं. २ मा रहेको ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट र टाइ वितरण गरेका हुन् । वडाध्यक्ष मगरले आफूलाई सरकारले दिएको सेवा–सुविधा बापतको रकम विद्यार्थिहरुलाई न्यानो कपढा सहयोग गरेको बताए ।

  उनले विद्यालयका ३८ जना छात्र–छात्रालाई ट्राक सुट र टाइ वितरण गरे । आफूले वितरण गरेको कपडाबाट भाईबाहिनीले जाडोमा न्यानो पाउने विश्वास व्यक्त गरेका छन् । आफू शासक नभई जनताको सेवक भएकाले विद्यार्थीको आवश्यकता अनुसारको सामग्री वितरण गरेको उनको भनाइ छ । उनी गएको स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष हुन् ।

  • Dhankutapress

थप