धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगर क्षेत्रका खानेपानीका ट्याङ्गकीहरु चुहिन थाले पछि खानेपानी आपुर्तिमा समश्याा उत्पन्न भएको छ ।
खानेपानी तथा ससफाइ उपभोक्ता समिति धनकुटाका उपाध्यक्ष नरेन्द्र पाख्रेलले धनकुटा वजारमा रहेको ५ वटा खोपानीको ट्याङ्गकी चुहिएर काम नदिने भएको वताएका छन् । उनले धनपा–६ लहरे चौतारामा रहेको ३ लाख लिटर भन्दा वढी पानी आट्ने ४ वटा ट्याङ्गकी चुहिएको जानकारी दिए । उनले वजेट अभावको कारण खानेपानी ट्याङ्गकीको मर्मत गर्न नसकिएको वताए । पटक÷पटक मर्मत गर्दा पनि बरको जरा फैलिएर लहरे चौतारमा रहेको खानेपानीको ट्याङ्गकी चुहिएको पाख्रेलले बताए ।
यता नगरपालिका वडा नं.७ र ६ को सिमना परिचय मोडमा रहेको दमकललाई आकस्मिक रुपमा पानी भर्ने ८० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्गकी पनि चुहिएको छ । सुख्खा याममा अचानक आगलागी हुँदा दमकललाई पानी भर्नको लागि रिजर्भ राखिने गरिएको परिचयमोडको पानी ट्याङ्गकी चुहिएको ६ महिना भन्दा वढी भएको छ । एभोकाडो पार्क समेत रहेको चार चौताराको दमकललाई पानी आपुर्ति गर्ने ट्याङ्गकी चुहिएको ६ महिना भन्दा वढी वितिसक्दा पनि सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन ।
आपत्त पर्दा तत्काल उद्धार गर्न राखिएको खानेपानीको पोलबाट मध्य राती पानी निकाल्न खोज्दै धनकुटा नगरपालिकाको दमकल । तर २ घण्टा पर्खिदा पनि पानी आएन ।
धनकुटा नगरपालिका कार्यालयमा कार्यरत दमकल चालक बेचन सरदारले भने–‘चार चौतारमा एभाकोडो पार्क भित्र रहेको दमकलको लागि पानी आवश्याक पर्दा पानी भर्ने रिजर्भ ट्याङ्गकी चुहिएको छ ।’ उनले दमकललाई पानी आवश्याक पर्दा पानी तान्न खोज्दा पानी नआएपछि १७ किलो मिटर टाढा गएर मुलघाट स्थित् तमोर नदीबाट भरेर ल्याउनु परेको बताए ।
गएको मंसिर ६ गते धनकुटा–५ कर्मिटारमा मिना श्रेष्ठको घरमा २ वजे राती आगलागी हुँदा नगरपालिकामा रहेको २ वटा दमकललाई पानीको आवश्याक्ता खट्किएको चालक सरदारले वताए । धनकुटा वजारमा दमकलाई पानी आवश्याक पर्दा पानी भर्न राखिएको रिजर्भ ट्याङ्गकी चुहिए पछि खानेपानी लाईनको इमरजेसन्सी पोलबाट पानी भर्न नसकिएको चालक वेचनले वताए ।
विगत ३० वर्ष देखि खोपानी तथा सरफाई कार्यालय धनकुटामा पानी खोल्ने काम गरिरहेका चन्द्र बहादुर आठपहरिया (पानी काँहिला) ले भने–‘बरको जराले गर्दा धनपा–६ र ७ चार चौतारमा र धनपा–लहरे चौतारामा रहेको खानपानीको रिजर्भ ट्याङ्गकीहरु चुहिएको छ । उनले आफूले पटक÷पटक कार्यालयमा जानकारी गराउँदा पनि ट्याङ्गकी मर्मतको लागि ध्यान नपुगेको वताए । अब सुख्खा याम शुरु भइ सक्यो, धनपा–५ र ३ मा गरि २ स्थानमा यस अघि नै आगलागी भै सक्यो, दमकलको लागि जतिखेर पनि पानी चाँहिन्छ, तर, बरको जराले गर्दा रिजर्भ ट्याङ्गकीहरु सवै चुहिएको छ–चन्द्र्र बहादुरले थपे ।
आपत्त पर्दा दमकललाई पानी सप्लाई गर्ने इमरजेन्सी पोल । यस्ता पोल धनकुटा नगर क्षेत्रमा ६ वटा छन् ।
उनले पानी जति भरे पनि ट्याङ्गकीमा नअडिने भएपछि तत्काल आफुले कार्यालयलाई जानकारी गराएको बताए । यता नगर क्षेत्रमा रहेको साना सहरी खानेपानी आयोजनाले राखेको ६ वटा इमरजेन्सी पोलबाट पनि रिजर्भ ट्याङ्गकी चुहिने भएपछि पानी दिन नसकिने उनले वताए । प्रायः गरेर आगलागी रातको समयमा हुने गरेको र दमकललाई आपतकालिन रुपमा पानी चाहिन्छ तर, पानी नभएपछि दमकललाई पानी दिन सकिएको छैन, पानी नभएपछि दमकल तमोर नदीमा झर्ने गरेको छ–चन्द्र बहादुरले भने ।
सो विषयमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई ब्लाष्टले सम्पर्क गर्दा बरको जराले गर्दा चुहिने भएका नगर क्षेत्रका खानेपानीका ट्याङ्गकीहरु तत्काल मर्मत गर्ने बताए । उनले सुख्खा याममा खानेपानीको हाहाकार हुने भएकाले पानी ट्याङ्गकी तत्काल प्रविधिक पठाएर स्टामेट गराएर मर्मत गर्ने वताए । प्रमुख प्रशासकिय अधिकृत राम वहादुर थापाले खोनीपानीको रिजर्भ ट्याङ्गकी चुहिएको विषयमा नगरपालिकाले तत्काल काम गर्ने वताए । थापाले तत्काल प्राविधिक पठाएर ट्याङ्गकी मर्मतको काम थाल्ने वताएका छन् ।
खानेपानी सरसफाई तथा उपभोक्ता समितिका उपाध्यक्ष नरेन्द्र पोख्रेलले विगत लामो समय देखि खोनपानीको रिजर्भ ट्याङ्गकीहरु चुहिएको वताए । उनले आर्थिक अभावको कारण धनपा–६ लहरे चौतारको ४ वटा र धनपा–७ परिचयमोड एभोकाडो पार्कमा रहेको रिजर्भ ट्याङ्गकी मर्मत गर्न नसकिएको बताए । ट्याङ्गकी मर्मतको लागि धनकुटा नगरपालिकालाई अनुरोध गरिएको पोख्रेलले वताए ।
आपत्त पर्दा तत्काल उद्धार गर्नु पर्ने भैपरी आई लाग्ने आगलागी जस्ता जनधनको क्षति हुनसक्ने विपतको घट्नालाई न्यूनिकरण गर्न आवश्याक तयारीमा सम्वन्धित् पक्षको तत्काल ध्यान जान जरुरी छ ।
- Dhankutapress