Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

मल्टिमिडिया तथा पत्रकारिता स्तरउन्नती तालिम धनकुटाको राजारानीमा शुरु

  •   ३ वर्ष अघि | ३० जेष्ठ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

राजारानी/युवा पुस्तालाई बद्लिदो सूचना प्रविधिको युगमा अभ्यस्त वनाउने उदेश्यले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धनकुटाको आयोजनामा ‘पत्रकारिता तथा मल्टिमिडिया सम्वन्धि’ ५ दिने तालिम धनकुाटको राजारानीमा सोमवार देखि शुरु भएको छ । 

चौविसे गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा ५ दिने ‘पत्रकारिता तथा मल्टिमिडिया’ तालिम आयोजना गरिएको हो । तालिममा चौविसे गाउँपालिका भित्रको ८ वटा वडाबाट १६ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको छ । 

अघिल्लो वर्ष ‘पत्रकारिता तथा मल्टिमिडिया’ सम्वन्धि तालिममा सहभागी गराएका प्रशिक्षार्थिहरुलाई यो वर्ष पुन:र्ताजकी तालिम दिइएको फोनिज धनकुटा शाखाकी अध्यक्ष विनु चेम्जोङले ब्लाष्टलाई बताईन । 

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले गरिरहेका छन् । 

तालिमको उद्धघाटन चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । तालिम उद्धघाटन  समारोहमा पालिका उपाध्यक्ष टंकमाया पाङ्गमी मगर, प्रमुख प्रशासकिय अधिकृत परशुराम दाहाल, लेखा अधिकृत सोवित तुम्बा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

  • Dhankutapress

थप