Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनकुटाको व्यस्त वजारमा सुन पसल चोरी

सिसि क्यामेराको तार काटेर हार्डडिक्स समेत गायव

  •   ७ महिना अघि | ८ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.७ हुलाकटोलमा गए राती सुन पसल चोरी भएको छ । 

धनकुटे होटलसंगै रहेको सुन पसलमा होटलको पिछाडीबाट ३ वटा ढोका फोरेर आईतवार मध्यराती सुनपसल चोरी भएको पसलका प्रोपाईटर सन्दीप शाहाले बताए । शाहाको अनुसार आफ्नो पसलबाट ६/७ केजी चाँदी र आधा तोला सुन चोरी भएको छ । सेफ भित्र भएको सामन भने केही लान नसकेको र सेफवाहिर रहेको आधा तोला सुनको गहना र चाँदीका अन्य गरगहनाहरु चोरी भएको शाहाले बताए ।

सुन पसलबाट चोरले चाँदीको थाल, करुवा, सिक्री, व्लास्लेट, पिन्जडा, औठी लगायतको गरगहना चोरी गरेर लगेको सन्दिप शाहाले वताए । उनले धनकुटे होटल पछाडीको मुख्य ढोका र भित्र रहेको ३ वटा ढोका फोरेर सुन पसल चोरी गरेको पाइएको बताए । उनले भने–‘आफ्नो पसलको सामान कति लाख वरावरको चोरी भयो भनेर केही अनुमान गर्न सकिरहेको छैन ।’ 

 शाहाले आइतवार विहान पसल खोल्न आउँदा मात्र आफ्नो सुन दोकान चोरी भएको थाहा पाएको वताए । शाहाको पसलबाट सिसि क्यामेराको तार काट्नुको हार्डडिक्स समेत चोरी भएको छ । घट्नाको विषयमा अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायप उपरिक्षक (डिएस्पी) प्रवक्ता राजवावु महर्जनले बताएका छन् । 

  • Dhankutapress

थप