Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश

  •   १ वर्ष अघि | २२ जेष्ठ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिकाका प्रमुख प्रशासमिय अधिकृत रामवहादुर थापालाई आइतवार एक विशेष समारोहको विच औपचारिक रुपमा विदाई गरिएको छ । त्यसैगरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भै आउनु भएको नेपाल सरकार उपसचिव मुक्तिनाथ सुवेदीलाई धनकुटा नगरपालिकाको तर्फबाट स्वागत गरिएको छ । 

विदाईको क्रममा प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापाले आफ्नो ४ बर्षे कार्यकालको ३७ वुँदा लामो सेवा प्रवाहको विषयमा लिखित सुझाव पत्र पेश गरेका छन् । उनले मन्त्रालयबाट सरुवा भई जेष्ठ १४ गते धनकुटा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा हाजिर भएका उप–सचिव सुवेदीलाई हस्तान्तरण गरेका छन् । उनी धनकुटा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा ०७६ वैसाख देखि सेवा प्रवेश गरी ०७९ जेष्ठ ८ गते सेवानिवृत्त भएका हुन् । थापाले आफ्नो ४ वर्ष लामो कार्यकालको अनुभवपत्र लिखित रुपमा सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत सुवेदीलाई हस्तान्तरण गरे । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई सम्झना पत्र हस्तान्तरण गर्दै प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा । 

सो अवसरमा थापाले भने–संघिय शासन व्यवस्था अन्तर्गत स्थानिय तहमा जनप्रतिनिधिहरु जनताबाट निर्वाचित भएर आएपछि भएको सेवा प्रवाहको अनभूत गरेको छु ।’ दोश्रो कार्यकालको लागि पुनःनवनिर्वाचित भएर आउनु भएका सालिन, भद्र स्वभावका नगर प्रमुख चिन्तन तामाङ र सिङ्गो नगरकार्यपालिकाको टिमसंग ४ वर्षसम्म समन्वय, सहकार्य गरेर धनकुटा नगरको चौतर्फि विकासको लागि गरिएको कामको अनुभवपत्रमा थापाले वुँदागत रुपमा प्रश्तुत् गरे । 

विदाई भै जाने प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा दाँया, स्वागत ग्रहण हुने मुक्तिनाथ सुवेदी वाँया ।

मुख्य गरेर धनकुटा नगरपालिकाले पहिलो पटक जनप्रतिनिधि आएपछि भएको भौतिक प्रगति तर्फ सहरी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, भवन, कृषि, पशुपालन र नगरको आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धनको क्षेत्रमा भईरहेका योजनाहरुको वर्तमान अवस्थाका बारेमा सुझाएका छन् । उनले विशेष गरेर धनकुटा नगर क्षेत्रको खानेपानीको समश्यालाई चुनौतिको रुपमा रहेको बताएका छन् । थापाले खानेपानीको समश्या सामधानको लागि भैरहेको प्रयास, अधुरा अपुरा रहेका थप कामको वारेमा प्रशासकिय अधिकृत मुक्तिनाथ सुवेदीलाई स्पष्ट जानकारी गराएका छन् ।

उनले धनकुटा नगरपालिकामा १९ करोड भन्दा माथि वेरुजु रहेको समेत औल्याएका छन् । वेरुजु न्यूनिकरण गर्न नगरपालिका प्रकृयागत ढंगले अघि वढ्न सूझाव दिए । साथै, उनले नगरपालिकामा कार्यरत अस्थाई तथा करार सेवामा रहेका कर्मचारीहरुको व्यवस्थापनको विषयमा पनि सुचित गराए । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापालाई विदाई गर्दै । 

थापाले आफू विदाई भएर जाँदै गर्दा धनकुटा नगरपालिकालाई मायाको चिनो स्वरुपमा सम्झना पत्र नगर प्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गरे । उनले भने–‘नयाँ संघिय व्यवस्थामा पहिलो पटक जनप्रतिनिधिहरुसंग काम गर्ने अबसर पाइयो, हिजोको दिनमा भएका अनुभव  र आगामी दिनमा जनप्रतिनिधिहरु नगरको विकासको लागि कसरी अघि वढ्ने भन्ने विषय सूझाव सहित सम्झना पत्रमा उल्लेख गरेको छु ।’ 

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र उप–प्रमुख भीमा देवी खनाले सेवानृवित्त भएका थापालाई मायाको चिनो,सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्दै विदाई गरे । सोही क्रममा नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत सुवेदीलाई खदा, माला  र टिका लगाएर नगर प्रमुख तामाङले धनकुटा नगरपालिकामा स्वागत गरे । पुराना प्रशासकिय अधिकृतको विदाई एवं नयाँ प्रशासकियत अधिकृतको स्वागत कार्यक्रममा वोल्दै नगर प्रमुख चिन्तन तामाङले भने–’नियम कानुनको परिधि भित्र रहेर धनकुटा नगरपालिकाको काम सम्पन्न गरि दिनु भएको छ, म सेवानिवृत हुनु भएका राम वहादुर थापा सरलाई धन्यवाद् दिन्छु ।’

नगर प्रमुख तामाङले भने–‘धनकुटा नगरपालिका अत्यन्तै भाग्यमानी छ, प्रमुख प्रशासकिय अधिकृत विदा भएर जाने पनि स्थानिय र पुनः सेवा प्रदान गर्न आउनु हुने पनि स्थानिय नै पाएका छौं, यसमा हामीले गर्भ गर्नु पर्छ ।’ जनताको सेवा गर्न हामी जनप्रतिनिधि भएर पुनः दोश्रो कार्यकालको लागि धनकुटा नगरपालिकमा आएका छौं, जनप्रतिनिधि र कर्मचारी मिलेर विधि शासन अबलम्वन गर्दै ‘नगरको विकास र जनताको सेवामा’ अघि वढ्नु पर्छ । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने–‘आफूले पूरानो व्यवस्थामा जिल्ला विकास समिति र नगरपालिकामा काम गरे पनि संघिय व्यवस्था आएपछि स्थानिय तहमा पहिलो पटक सेवा प्रवेश गरेको छु ।’ धनकुटा नगरपालिकामा राम्रो काम हुँदा त्यसको लाभ आफूले पनि लिन पाउने बताउँदै प्रमुख प्रशासकिय अधिकृत सेवेदीले भने–’राम्रो काम गर्ने इच्छा मेरो पनि छ, सवै मिलेर काम गर्नु पर्छ ।’ उनले आफ्नो स्वागतमा उभिएका धनकुटा नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई आ–आफ्नो शाखाको काम पूर्ण जिम्मेवारीपूर्वक गर्न निर्देशन समेत दिए । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट धनकुटा नगरपालिकामा सरुवा भई आउनु पुर्व प्रमुख प्रशासकिय अधिकृत सुवेदी जिल्ला समन्वय समिति ताप्लेजुङमा समन्वय अधिकारीको रुपमा कार्यरत थिए । पाँच महिना अघि उप–सचिवमा वढूवा भएपछि उनी पुनः मन्त्रालयमा सेवारत थिए । विदाई तथा स्वागत कार्यक्रममा वडाध्यक्षहरु, धनकुटा नगरपालिकामा विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले पूरानो प्रशासकिय अधिकृतलाई विदाई र नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई मायाको चिनो, फुलमाला, अविर, खदा लगाएर भव्य स्वागत गरेका थिए । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न विदाई तथा स्वागत कार्यक्रममा उप–प्रमुख भीमा खनाल, धनपा–१ वडाध्यक्ष ओङदा थिङ तामाङ, वडा नं.३ का विकास घिमिरे, वडा नं.५ का धनकुमार आठपहरिया, वडा नं.६ का मिलन नेवाः खड्गी, वडा नं.९ का टंक रोइला, वडा नं.१० का नगेन्द्र पाण्डे लगायतले मायाको चिनो, विदाई तथा स्वागत गरेका थिए ।  


  • Dhankutapreess

थप