Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

किरात पत्रकार संघ धनकुटाले मनायो १६ औं स्थापना दिवस

दिवसको अवसरमा धनकुटा न.पा.का प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत तथा सम्मान

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

धनकुटा प्रेस अनलाइन खबर सम्वाददाता 

धनकुटा/किरात राई पत्रकार संघको १६ औं स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेर आईतवार धनकुटामा सम्पन्न भएको छ ।

किरात राई पत्रकार संघका केन्द्रिय सदस्य नरेन्द्र कश्चितको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना आदान–प्रदान कार्यक्रममा धनकुटा नगरपालिकमा भर्खरै सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईलाई स्वागत तथा सम्मान गरिएको छ । 

सो अवसरमा संघका केन्द्रिय सदस्य नरेन्द्र कश्चित, फोनिज संघीय समिति सदस्य विदुर खवास, प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, किरात राई पत्रकार संघका पुर्व केन्द्रिय सदस्य टकलाल राई, किरात राई पत्रकार संघ धनकुटाका सल्लाहकार विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ्ग, धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 

उनीहरुले पछिल्लो समयमा पत्रकारिताको ट्रेन फेरिदै अनुभूत गराउँदै अवको पत्रकारिता डिजिटल प्रविधिमा आधारित भएर अघि वढेकाले सोही अनुसार विकास गरेर लानु पर्नेमा जोड दिए । पुराना पुस्ताका पत्रकारहरुलाई समेत पछिल्लो समयमा विकास हुँदै आएको डिजिटल प्रविधिसंग जुध्न वाध्य वनाएको भन्दै सोही अनुसारको क्षमता विकासका तालिम गोष्ठि सेमिनार संचालन गर्नु पर्नेमा उनीहरुले जोड दिएका थिए । 

  संघका जिल्ला अध्यक्ष शर्मिला राईको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा सम्मानित व्यक्तित्व धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले आफूलाई धनकुटामा पहिलो पटक किराँत राई पत्रकार संघले सम्मान एवं स्वागत गरेको भन्दै धन्यवाद् दिए । उनले भने–‘आफू जागिरे जीवनमा पहिलो पटक धनकुटा आएको छु, बसुन्जेल राम्रै काम गर्ने इच्छा, चाहना छ, पत्रकार साथीहरुले सहयोग गर्नु होला ।’ उनले आफ्नो धनकुटा वसाई सुःखद हुनेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएका छन् । 

  • Dhankutapress

थप