Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तिन महिने सिलाई कटाई तालिम धनकुटामा सम्पन्न

  •   ३ वर्ष अघि | ३० जेष्ठ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता  

धनकुटा/दलित एकता संजाल, नेपाल धनकुटाको आयोजनामा तिन महिने सिलाई कटाई तालिम धनकुटामा सोमवार सम्पन्न भएको छ । 

धनकुटा नगरपालिका कार्यालयको १ लाख र वडा नं.६ को वडा स्तरिय २ लाख सहित ३ लाख रुपयाँको आर्थिक सहयोगमा तिन महिने सिलाई कटाई तालिम आयोजना गरिएको दलित एकता संजाल नेपाल धनकुटाका अध्यक्ष नारयण वि.क.ले जानकारी दिए । उनले तालिममा धनकुटा नगर क्षेत्रका विभिन्न वडाका १० जना महिला दिदिवहिनीहरुले भाग लिएका थिए । 

तलिमको सहजीकरण सिलाई कटाई प्रशिक्षक प्रेरणा श्रेष्ठ र दलित एकता संजाल नेपाल धनकुटाका सदस्य रेजिना हिङ्गमाङ्गले गरेका थिए ।

धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष मिलन नेवा:खड्गीको प्रमुख आतिथ्यमा सम्पन्न तिन महिने सिलाई कटाई तालिम समापन कार्यक्रममा धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी, नयाँ नेपाल विचार साप्ताहिकका समपादक एवं प्रकाशक स्मीता निरौला लगायतले तालिमको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्दै तालिममा सिकेको ज्ञान सिपलाई सहभागीहरुले व्यवहारमा उतार्न सक्नु पर्नेमा जोड दिएका थिए । दलित एकता संजाल धनकुटाका अध्यक्ष नारयण वि.क.को अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । 

  • Dhankutapress

थप