Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको सिधुवा वजारमा आगलागी ५ घरमा क्षति

  •   ४ वर्ष अघि | २९ पुस २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

सिधुवा/धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिधुवा वजारमा शुक्रवार साँझ आगलागी भएको छ ।

आगलागी सिधुवा वजारमा रहेको सन्तोष राईको घरमा रहेको मासु पसलबाट शुरु भएको स्थानिय मेघेन्द्र गुरुङ्गले  वताए । मासु पसल हिले घर भएका ललिता राईले संचालन गर्दै आएका थिए । आगलागी हुँदा घरधनी सन्तोष राई भने गाउँमा थिए ।आगलागीबाट अर्जुन घिमिरेको सिधुवा होटल रहेको घर, मोटर साईकल ग्यारेज भएको झमक वहादुर थापाको घर, डिक वहादुर खड्काको घर, होम वहादुर थापा घर सहित  ५ घरमा क्षति पुगेको छ । जसमध्ये सन्तोष राई र होम वहादुर थापको घर पुर्ण रुपमा क्षति भएको छथरजोरपाटी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष दिपक गुरुङ्गले वताए । 


गुरुङ्गको अनुसार लालीगुराँस नगरपालिका र धनकुटा नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा करिव डेड घण्टा पछि आगो नियन्त्रणमा आएको छ ।  

  • Dhankutapress

थप