Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

श्रीमतीको काखैमा श्रीमानको एका विहानै हत्या

हत्यामा संलग्न तेजवहादुर मानसिक रोगी भएको प्रहरीको भनाई

  •   ४ वर्ष अघि | २३ कार्तिक २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/जिल्लाको छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका ६२ वर्षीय भगीश्वर लिम्बूको मंगलवार विहान हत्या भएको छ । 

उनलाई छिमेकी वर्ष–४० का तेज वहादुर लिम्वुले खुकुरी प्रहार गरि घाँटीमा काटेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको आरोपमा तेजबहादुर लिम्बूलाई प्रहरीले कार्तिक– २३ गते विहान गिरफ्तार गरेको छ ।

कार्तिक २३ गते बिहान उठेर घर भित्र चुलाको छेउमा बसिरहेका बेला आएका आरोपित तेजवहादुरले पछाडिबाट धारिलो हतियार खुकुरी प्रहार गरि घाँटीमा काटेको प्रहरीले जनाएको छ । तिहारमा माइत आएको छोरीलाई घर पठाउन श्रीमती कमला देवी लिम्वुले खाना वनाईरहेको वेला भगिश्वर पनि भर्खर उठेर गफ गर्दै चुलाको छेउमा वसी रहेका थिए । त्यहि मौकामा तेजवहादुरले खुकरी प्रहार गरेको छिमेकी एवं छथरजोरपाटी गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष शेरवहादुर लिम्वुले वताए । मृतक भगिश्वरको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याइएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट तेजबहादुर मानसिक रोगी भएको खुल्न आएको एसपी अधिकारीले बताए । घटनाको विषयमा गहिरो अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


  • Dhankutapress

थप