धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाको तेश्रो नगर अधिवेशनले दालमु शेर्पालाई नगरको अध्यक्ष पदमा सर्वसम्वत रुपमा सनिवार निर्वाचित भएका छन् ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमख आतिथ्यमा सम्पन्न उद्धघाटन सत्र पछि आयोजित तेश्रो नगर अधिवेशनको वन्द सत्रले उपाध्यक्ष इन्द्रवहादुर लुङ्गेली मगर, सचिव बबि घिसिङ तामाङ, सह–सचिवमा अजय सन्तोषी राई, कोषाध्यक्षमा सचेता आठपहरिया चयन भएका छन् । विभिन्न १२ एकल जातिहरु आवद्ध रहेको नगर महासंघ धनकुटाको १२ सदस्सीय नगर समन्वय परिषद गठन गरिएको छ ।
तेश्रो नगर अधिवेशनको उद्धघाटन सत्रमा वोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आदिवासी जनजातिहरुले आ–आफ्नो मातृ संस्थाहरुबाट सामाजिक, साँस्कृति अधिकार प्राप्तीको लागि लोकतान्त्रिक अभ्यास गर्दै आउनु पर्ने बताए । उनले धनकुटा नगरपालिका भित्र आदिवासी जनजातिहरुको वाहुल्यता वढी रहेकाले पनि नगरको हरेक क्षेत्रमा आदिवासी जनजातिहरु एक ढिक्का भएर अघि वढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले धनकुटाका एकल जातिय संस्थाहरुले पटक÷पटक परिपत्र गर्दा पनि अधिवेशन नगरेको बताए । जिल्ला समन्वय परिषदलाई अधिवेशन नगरेको भन्ने टिकाटिप्पणी भएको भन्दै आगामी माघ मसान्त भित्रमा जिल्ला अधिवेशन गर्ने वताए । किराँत आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सरकुमारी आठपहरियाले महासंघलाई एकै जनाले तिन तिन कार्यकालसम्म विधान विपरित ओगटेर राख्नु नहुने वताए । महासंघको नेतृत्वले सवै जाति र समुदायलाई समेटेर लान नसकेको भन्दै अध्यक्ष आठपहरियाले गुनासो गरिन ।
नगर समन्वय परिषद धनकुटाका अध्यक्ष रविन खड्गीको अध्यक्षतमा सम्पन्न उद्धघाटन सत्रमा नेफिन धनकुटाका पुर्व सचिव जेपी भुजेल, आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्ट वहादुर छोङ्गदेन, फोनिज संघिय समिति सदस्य विदुर खवास, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, मिसाः खलः धनकुटाका पुर्व अध्यक्ष रेणु श्रेष्ठ, नेवाःपुचः धनकुटाका अध्यक्ष नविन किशोर शाक्य, तामाङ घेदुङका नगर अध्यक्ष कुलवहादुर तितुङ तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नगर समन्वय परिषदका सचिव बबि घिसिङ तामाङले गरेका थिए । कार्यक्रममा तामाङ घेदुङ नगर समिति धनकुटाको तर्फबाट तामाङ सेलोमा डम्फू वजाएर स्वागत गरेका थिए ।
- Dhankutapress