Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रहरी प्रमुखसंग उधोगी व्यवसायीहरुले गरे शान्ति सुरक्षाको विषयमा छलफल

  •   ४ वर्ष अघि | ७ फाल्गुन २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारीहरुले सरुवा भै भरखर आएका  जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्ण कोईरालालाई स्वागत गर्दै धनकुटाको शान्ति सुरक्षको वारेमा  छलफल गरेको छ ।

     जिल्ला प्रहरी कार्यालय धनकुटामा भरखर सरुवा भै आउनु भएका एस पि कृष्ण कोईरालालाई आईतवार धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग तामाङ लगायतले खादा माला लगाई धनकुटामा स्वागत गर्दै धनकुटाको व्यपार व्यावसायको अवस्थाको वारेमा जानकारी गराएका थिए । उनीहरुले प्रहरी प्रमुख कोईरालालाई धनुकटाको शान्ती सुरक्षा र व्यपार व्यवसायलाई टेवा पुग्ने गरि शान्ती शुरक्षा कायम गर्न आग्रह गरेका थिए । 

सो अवसरमा एस पि कोईरालाले आफुले सवैसंग समन्वय सहकार्य गर्दै नियम कानुन अनुसार शान्ति सुरक्षा कार्यम गर्ने प्रतिवद्धता जनाए । डि एस पी नरेन्द्र कुवरले धनकुटाको हालको अवस्थाको वारेमा छलफल कार्यक्रममा जानकारी दिएका थिए ।


  • Dhankutapress

थप