Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सञ्चारिका समूह धनकुटाको अध्यक्षमा पुनः सर्मिला राई

  •   २ वर्ष अघि | २० फाल्गुन २०८१, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/सञ्चारिका समूह धनकुटाको प्रथम अधिवेशनले १३ सदस्यीय जिल्ला कार्य समिती चयन गरेको छ । नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य लिला सुब्बाको प्रमुख आतिथ्य तथा सञ्चारिका समूह धनकुटाकी अध्यक्ष सर्मिला राईको अध्यक्षतामा सम्पन्न अधिवेशनले पुनस् राईकै अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्य समिती चयन गरेको हो ।

समितीको उपाध्यक्षमा निर्मला कुँवर,सचिवमा चाँदनी राई,कोकिला भण्डारी,सहसचिवमा बाल कुमारी थापा र कोषाध्यक्षमा सष्टिका राई रहेका छन् ।अन्य सदस्यहरुमा पञ्चमाया तामाङ,सृजना खुलाल,उपासी ताजपुरिया,विनु कार्की,तुलसा पौडेल,धन कुमारी राई र मौषमी लिम्बू रहेका छन् । सञ्चारिका समूह धनकुटाको आयोजनामा सम्पन्न अधिवेशनमा बोल्ने वक्ताहरुले शुभकामना मन्तव्य राख्दै समूहलाई थप क्रियाशिल भएर काम गर्न सुझाव दिएका छन् । जसका लागि आफुहरुले सहयोग गर्ने प्रतिवद्वता समेत जनाएका छन् ।

अधिवेशनमा प्रमुख अतिथि संविधान सभा सदस्य सुब्बा सहित नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष विदुर खवास,संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,सल्लाहकार रमेशचन्द्र अधिकारी,नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रीय सदस्य सरिता बराईली राई,सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराईली,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं प्रदेश निवर्तमान अध्यक्ष सन्तवीर लामा,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे,प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष नारायण कुमार आठपहरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा सञ्चारिका समूह धनकुटाका पुर्व सचिव सुमना तिम्सिना, नेपाल प्रेस युनियन निवर्तमा जिल्ला सचिव विकास घिमिरे,धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल लगायतको उपस्थिती थियो । अधिवेशनमा स्वागत मन्तव्य कोषाध्यक्ष चादनी राईले राखेका थिए भने सञ्चालन कृष्ण कुमारी राईले गरेकी थिईन।

  • dhankutapress

थप