Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

भद्रमान घलेको स्मृतिमा न्यानो कपढा तथा शैक्षिक समाग्री वितरण

  •   ८ महिना अघि | १४ मंसिर २०८०, बिहिबार

धनकुुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/दलित मुक्ति आन्दोनलका नेता स्व.भद्रमान घलेको वार्षिक पून्यतिथिको अवसर पारेर मंगलवार धनपा– ४, श्रीपन्चमी पार्कमा रहेका १३ जना अनाथ वालवालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक समाग्री वितरण गरिएको छ । 

भद्रमान घले स्मृति प्रतिष्ठान धनकुटाका संयोजक एवं भद्रमान घलेका छोरी ईन्दिरा घलेले बालपुनःस्थापना केन्द्रमा रहेको बालबालिकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा, झोला, शैक्षिक सामाग्री तथा खेल्कुदका सामाग्री बितरण गरेका हुन् । पूर्व सांसद एवं मदन आश्रित प्रतिष्ठान धनकुटाका पुर्व अध्यक्ष गोपाल गुरागाँईको प्रमुख आतिथ्यमा न्यानो कपढा तथा शैक्षिक समाग्री वितरण गरिएको हो ।

न्यानो कपढा तथा शैक्षिक समाग्री वितरण कार्यक्रमको औचित्य माथि भद्रमान घलेकी छोरी ईन्दिरा घलेले प्रष्ट पारेकी थिईन । साथै,सो अवसरमा वालपुनःस्थापन केन्द्रमा रहेको बालबालिकाहरुलाई स्टेसनरी, झोला, न्योनो कपडाहरु, हात धुनै सावुन, व्रस, पेस्ट र खेलकुदका सामाग्री वितरण गरिएको थियो ।  

वाल पुनःस्थापना केन्द्र धनकुटाकी अध्यक्ष एवम धनकुटा नगरपालिकाकी पुर्व नगर उप–प्रमुख शकुन्तला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाकी उप–प्रमुख सावित्रा राई, धनकुटा नगरका उप–प्रमुख भीमा खनाल, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ, धनकुटा नगरपालिकाका वातावरण अधिकृत  उपेन्द्र खनाल, समाजसेवी महिला नेतृ टीका देवी भण्डारी, सामाजिक अभियन्ता रविन्द्र नेपाली, पत्रकार रमशेचन्द्र अधिकारी, फोनिजका प्रदेश नं.१ का अध्यक्ष सन्तविर लामा लगायतले भद्रमान घलेको योगदानको वारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको संचालन मदन आश्रित प्रतिष्ठानकी सह–सचिव चन्द्रकला धमलाले गरेकी थिईन भने सहजिकरण पुनःस्थापना केन्द्रकी व्यवस्थापक शुशिला मिश्रले गरेकी थिईन ।

  • Dhankutapress

थप